१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

ग्याल्पो ल्होसारः शेर्पा समुदायको पहिचान, परम्परा र नयाँ वर्षको उल्लास

ग्याल्पो ल्होसारः शेर्पा समुदायको पहिचान, परम्परा र नयाँ वर्षको उल्लास
अ अ+ अ-

फुङ्लिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङका तेन्जिङ शेर्पा बुधबार घरबाट ल्होसार मनाउन काठमाडौँतर्फ प्रस्थान गर्नुभयो । उहाँको परिवार केही महिनाअघि मात्र पापुङबाट काठमाडौँ सरेकाले आफन्तहरूसँग नयाँ वर्ष मनाउन उहाँ राजधानी जानुभएको हो ।

स्थानीय कञ्चन शेर्पा भने बिहीबार बिहानदेखि नै ल्होसारका लागि आवश्यक तयारीमा व्यस्त हुनुहुन्छ । उहाँले घर तथा पूजा कोठा सजाउँदै विभिन्न सामग्री जुटाउनुभएको छ ।

मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा पनि आफ्नो परिवारसँग ल्होसार मनाउन बिहीबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ आइपुग्नुभयो । उहाँले परिवार फुङ्लिङमै रहेकाले गाउँबाट सदरमुकाम आउनुभएको हो । यी त केही प्रतिनिधिमात्र हुन् । अहिले हिमाली शेर्पा समुदायहरुका आ–आफ्नो गाउँघर तथा आफ्नो परिवार भएको ठाउँमा ल्होसार मनाउन पुगेका छन् ।

तेन्जिङ शेर्पाका अनुसार आज बिहान पूजापाठ गरेर आफ्नो परिवारसँग विभिन्न परिकार बनाएर खाने दिन हो । आजको दिन शेर्पा समुदायका परिवार आफ्नै घरमा बसेर दुःख सुखका कुरा गर्ने विभिन्न परिकार बनाएर खान्छन् ।

यो पर्व शेर्पा समुदायको प्रमुख चाड हो । जसलाई नयाँ वर्षका रूपमा फागुन शुक्ल प्रतिपदाका दिन विशेष उल्लासका साथ मनाइन्छ । फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुगोलाका वडा अध्यक्ष तथा स्थानीय छेतेन लामाका अनुसार यस वर्ष २१५२ औँ ग्याल्पो ल्होसार परेको छ ।

यो पर्व १२ वर्ग (मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, र बराह) मा विभाजित गरिएको छ । “हामी हिमाली शेर्पाहरू तिब्बतेन पात्रोअनुसार पर्वहरू मनाउँछौँ । नेपाली र तिब्बतेन पात्रो मेल नखाने भएकाले कहिलेकाहीँ एक वर्षमा १३ महिना वा ११ महिना पर्न सक्छ,” शेर्पा बताउनुभयो ।

नेपालमा शेर्पाहरूले एक साता ल्होसार मनाउने परम्परा छ भने तिब्बतमा यो पर्व दुई साता मनाइन्छ । शेर्पाहरुका अनुसार ग्याल्पो ल्होसारको सुरुआत भोटका नवौँ राजा उदे गुङ््यालको पालादेखि वसन्त पर्वका रूपमा भएको मानिन्छ ।

पर्वको पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी गुम्बा जाने चलन छ । दोस्रो दिन आफन्तहरू भेटघाट गर्ने, पारिवारिक जमघट गर्ने र विशेष परिकार पकाएर भोज खाने गरिन्छ । तेस्रो दिन बुद्ध धर्म रक्षाका लागि विभिन्न धर्मपालहरूको ९भैरव, महाकाल आदि० पूजा गरिन्छ ।

डण्डु लामाका अनुसार ल्होसारका अवसरमा घर वरपर सफाइ गर्छन् । पुरानो वर्षका नकारात्मक ऊर्जालाई हटाएर नयाँ सङ्कल्पका साथ वर्षको सुरुआत गरिन्छ । साथै, चौबाटोमा फोहर फाल्ने चलन रहेको छ, जसलाई नकारात्मकताको परित्यागको सङ्केत मानिन्छ । यस अवसरमा विशेष परिकार ‘गुथुक’ तयार गरिन्छ, जसमा मकै, भटमास, केराउ, चना, मुला, चामलको आटा आदि मिसाइन्छ । गुथुक आफ्नो कूल देवतालाई चढाइएपछि मात्र परिवारका सदस्यहरूले ग्रहण गर्छन् ।

साथै, परिवारका सदस्यको लागि पिठोका डल्ला बनाइन्छ, जसमा कागज, घीउ, नून, खुर्सानी, कोइला आदि राखिन्छ । ती वस्तुहरू व्यक्तिको स्वभाव दर्शाउन प्रयोग गरिन्छ । जस्तै कागज अध्ययनशीलताको, घिउ चाप्लुसीको, खुर्सानी रिसाहा स्वभावको र कोइला डाहको प्रतीक मानिन्छ ।

लामाहरुका अनुसार ल्होसारको पहिलो बिहान परिवारका सदस्यहरू धारामा गई स्नान गरी पूजा गर्छन् । त्यसपछि जल कूल देवतालाई चढाइन्छ । यस अवसरमा ‘छ्याङगुल’ नामक विशेष परिकार तयार गरिन्छ । जसमा जाँडमा छसर्पी, बदाम, नरिवल, किसमिस आदि मिसाइन्छ । ल्होसारको विशेष दिन शुभसाइत हेरी पहाड वा अग्लो स्थानमा गई लुङ्दार ९ध्वजा० टाँग्ने गरिन्छ । लुङ्दारमा विभिन्न मन्त्र लेखिएका हुन्छन् । जसले शान्ति, समृद्धि, र दीर्घायुको कामना दर्शाउँछ । यो कार्य लामाबाट अभिषेक गरी सम्पन्न गरिन्छ ।

नेपाल सरकारले ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ । जसले यो पर्वलाई राष्ट्रिय पहिचान दिलाएको छ । सांस्कृतिक विविधताका कारण शेर्पा समुदाय मात्र नभइ अन्य समुदायका मानिसहरू पनि ल्होसार पर्वको रमझममा सहभागी हुन थालेका छन् । परम्परा र आधुनिकता दुवैलाई समेट्दै ग्याल्पो ल्होसार झन् व्यापक रूपमा मनाउने क्रम बढिरहेको छ ।