७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उत्सवः कविहरुले गुन्गुनाए कविता



अ+ अ-

काठमाडौँ । कला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव शुरु भएको छ ।

शुक्रवार काठमाडौंको पर्यटन बोर्डमा उत्सव शुरु भएको हो । राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव शुरु भएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ साहित्यकार वैरागी काईंला, अनुप बराल लगायतका साहित्यकारहरुको उपस्थिति रहेको छ । उत्सवले साहित्य,सम्पदा, सभ्यता, पहिचानलाई उजागर गरी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यस किसिमका उत्सवहरु देशका विभिन्न कुना कन्दराहरुमा पनि हुन जरुरी रहेको साहित्यकारहरुको भनाइ छ । सो अवसरमा साहित्यकारहरुले आफ्ना सिर्जना वाचन गरेर सुनाउनुभएको थियो ।

साहित्यकारहरुले साहित्यमार्फत देशको संस्कार, संस्कृति, सभ्यता, पहिचानलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताए ।