१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन तोलामा दुई हजार दुई सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ ।

आज एकैदिन प्रतितोला दुई हजार दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार उक्त सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला तीस रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।