६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

वाणिज्य बैंकले अध्यक्ष चयनको निर्णय गर्न सकेन

वाणिज्य बैंकले अध्यक्ष चयनको निर्णय गर्न सकेन
अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति बैठकले बिहीबार अध्यक्ष चयनसम्बन्धी निर्णय गर्न सकेन । मध्यपश्चिम विश्वविद्यालयका निवर्तमान उपकुलपति उपेन्द्र कोइरालालाई अध्यक्ष चयनका लागि बैठक बसे पनि त्यससम्बन्धी निर्णय नै नभएको स्रोतले बताएको छ ।

अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेका कोइराला बैठकमा उपस्थित नभएकाले सो सम्बन्धमा छलफल नै नभएको स्रोतले जानकारी दिएको छ । ‘उहाँले आउँदो आइतबारअघि बैंकको बैठकमा उपस्थित हुन नसक्ने बताउनुभयो,’ स्रोतले भन्यो, ‘सम्बन्धित व्यक्ति नै नआएपछि सो विषयमा छलफल नै भएन ।’ स्रोतका अनुसार आफ्नो नियुक्ति विषयमा चर्को विरोध भएपछि कोइराला बैठकमा उपस्थित नभएका हुन् । सुरुमा बैठक बुधबार बस्ने तय भएको थियो । विवादका कारण बैठक बिहीबारलाई सारिएको थियो । हाल बैंकको अध्यक्ष पद खाली भएकाले अर्का सञ्चालक अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको अध्यक्षतामा बैठक बसेको थियो । ‘नियमित एजेन्डामा छलफल भयो,’ स्रोतले भन्यो, ‘आइतबारयता सञ्चालक समितिको अर्को बैठक बस्ने सम्भावना पनि छैन ।’

वाणिज्य बैंकका निवर्तमान अध्यक्ष निर्मलहरि अधिकारीलाई सरकारले राजस्व बोर्ड सदस्यमा नियुक्त गरेपछि खाली पदमा अर्थ मन्त्रालयले कोइरालालाई सञ्चालकमा नियुक्त गरेको थियो । सरकारले नियुक्त गरेका सञ्चालकमध्ये बैंक सञ्चालक समितिले एक जनालाई अध्यक्ष चुन्ने कानुनी व्यवस्था छ ।

कोइरालाले यसअघि आधा दर्जन निकायमा राजनीतिक नियुक्ति पाइसकेका छन् । हरेक स्थानमा कुनै न कुनै रूपमा उनको छवि विवादास्पद देखिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी हुनुका साथै नेकपाका उच्च नेतासँग राम्रो साँठगाँठ रहेकै कारण उनले पटकपटक सरकारी नियुक्ति पाउने गरेको बताइएको छ । नियुक्तिको विषयलाई लिएर सामाजिक सञ्जालमा कोइराला र उपप्रधानमन्त्री पोखरेलको चर्को विरोध भइरहेको छ । पोखरेलले बुधबार विज्ञप्ति निकालेर कोइरालाको नियुक्तिमा आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरेका छन् । कान्तिपुरमा समाचार छ ।