काठमाडौं। सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सरुवाको सूची सार्वजनिक गरेको हो ।
संघीय मामिलाका सहसचिव पदमकुमार श्रेष्ठको अर्थ मन्त्रालयमा सरुवा भएको छ । यस्तै, संघीयकै दिलिपकुमार गौतमको पनि अर्थ मन्त्रालयमा सरुवा भएको छ । संघीयकै योगेन्द्रप्रसाद दुलाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा भएको छ ।










