२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धान्त भट्टलाई त्रिवि केन्द्रीय क्याम्पसको सभापति उम्मेदवार बनाउने अनेरास्ववियुको निर्णय



अ+ अ-

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ ।

हाल विश्वविद्यालय क्याम्पसको स्ववियु सचिव समेत रहेका भट्टलाई अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालको उपस्थितिमा सभापति उम्मेदवारको घोषणा गरिएको प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।

भट्टले विश्वविद्यालय सुधारका लागि विभिन्न रचनात्मक आन्दोलनको नेतृत्व गर्दै आईरहेका छन् । गत मंसिरमा उनले ३५ बुँदे माग राख्दै विश्वविद्यालयभित्र झाङ्गिँदै गएको विकृति विसङ्गति र बेतिथि अन्त्य गरी स्वच्छ शैक्षिक प्राज्ञिक वातावरण निर्माण गर्न र आउने पुस्तालाई अहिले विद्यार्थीले भोग्दै आएको समस्याबाट छुटकारा दिलाउन भन्दै सत्याग्रह समेत गरेका थिए ।

स्ववियुको चुनाव आगामी ५ चैतमा हुँदैछ ।