१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपः तोरण शिर्ष स्थानमा कायमै

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपः तोरण शिर्ष स्थानमा कायमै
अ अ+ अ-

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत पाँचौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा तोरणविक्रम शाही लगातार शिर्ष स्थानमा कायमै रहन सफल भएका छन् ।

आज २–अन्डर ७० को स्कोर गरेका उनी समग्रमा १३–अन्डर २०३ सहित शिर्ष स्थानमा कायमै रहेका हुन् । उनले निरज तामाङलाई १ स्ट्रोकले पछि पारे । ४–अन्डर ६८ सहित समग्रमा १२–अन्डर २०४ को स्कोरमा निरज दोस्रो स्थानमा कायमै छन्। अन्तिम १८ होलको खेल बाकी छँदा उनले अग्रता १ स्ट्रोकमा झार्दै लिडर तोरणलाई दबाब दिए।

दुई एमेच्योर गल्फर राहुल विश्वकर्मा र नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य दुवैले आज ६–अन्डर ६६ को सानदार प्रदर्शन गरे। समग्रमा ६–अन्डर २१० सहित संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन्। एमेच्योरतर्फ उनीहरूले शिर्षस्थान बाँडे। समग्रमा ५–अन्डर २११ बनाएका जयराम श्रेष्ठले आज ४–अन्डर ६८ को स्कोर कार्ड तयार पारे। उनी पाँचौ स्थानमा रहे। नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले ३–अन्डर ६९ को स्कोर निकाले। समग्रमा ४–अन्डर २१२ सहित छैटौं स्थानमा उक्लिए। आज १–अन्डर ७१ को स्कोरमा समग्रमा ३–अन्डर २१३ सहित दिनेश प्रजापति सातौं स्थानमा छन्।

सञ्जय लामाले ३–अन्डर ६९ को स्कोर दर्ज गरे। समग्रमा भने २–अन्डर २१४ को स्कोरमा आठौं स्थानमा रहेका छन्। समग्रमा इभन–पार २१६ स्कोर जोडेका रामे मगर र टंकबहादुर कार्कीले नवौं स्थान बाँडे। रामेले २–अन्डर ७० र टंकले २–ओभर ७४ को स्कोर निकाले।
लगातार तेस्रो दिन पनि शिर्षस्थानमा रहने क्रममा तोरणले फ्रन्ट नाइन २–अन्डर ३४ मा सकाए। उनले छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। ब्याक नाइनमा ११औं र १२औं होलमा एक–एक सट बचाएपनि १०औं र १५औं होलमा बोगीको सामना गरे। योसँगै ब्याक नाइन इभन–पार ३६ मा सकाए।

निरजले फ्रन्ट नाइन १–ओभर ३७ मा पूरा गर्ने क्रममा पाँचौं र सातौं होलमा बोगी प्रहार गरे। आठौं होलमा एक सट बचाए। तर उनले ब्याक नाइनमा उत्कृष्ट प्रदर्शन गर्दै ५–अन्डर ३१ मा सकाए। उनले १२औं, १५औं र १६औं होलमा बर्डी प्रहार गर्दा ४–पारको १८औं होलमा इगलको सफलता प्राप्त गरे।

एमेच्योर राहुलले तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा बोगी खेपे। फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए। ब्याक नाइनमा राहुले सानदार प्रदर्शन गरे। १०औं देखि १२औं होलमा लगातार तीन बर्डी प्रहार गरे। यसपछि १५औं र १६औं होलमा पनि बर्डी प्रहार गर्न सफल रहे। उनले ब्याक नाइन ५–अन्डर ३१ मा सकाए। यो नतिजावस उनी संयुक्तरुपमा तेस्रो स्थानमा उक्लिए। सद्भावले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा तेस्रो, पाँचौं, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे। यसपछि १३औं होलमा बोगी खेपे पनि ११औं, १२औं र १८औं होलको बर्डीले ब्याक नाइन २–अन्डर ३४ मा सकाए। प्रतियोगिताको कुल नगद पुरस्कार राशी ८ लाख ८२ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् । शिर्ष २१ स्थान सम्म प्राप्त गर्ने प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।