२० मंसिर २०८२, शनिबार
,
Latest
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मेरी बास्सै’का धुन्धुकारी आशिष ‘होस्टेल ३’ मा कसरी पुगे ?



अ+ अ-

काठमाडौं । फागुन २३ गते रिलिज हुने तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को ट्रेलरले व्यापक चर्चा पाएको छ । चलचित्रले युट्युबको ट्रेन्डिङमा नेपालको पहिलो स्थान सहित भारत लगायतका करिब २० देशहरूमा ट्रेन्डिङमा परेपछि थप चर्चा पाइरहेको छ ।

यस चलचित्रमा सोसल मिडियामा ‘कूलब्वाय’ नामले परिचित पारस बम, ‘धुन्धुकारी’ नामले परिचित आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, रोहन श्रेष्ठ लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । यी सबै कलाकारहरूको लागि ‘होस्टेल ३’ पहिलो चलचित्र हो ।

यसका प्रमुख कलाकार मध्ये एक आशिष घिमिरेले डेढ वर्षको उमेरमा ‘गीताञ्जली’ नामक सिरियलबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । ६ वर्षको उमेरदेखि उनले लोकप्रिय हाँस्य टेलि सिरियल ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार ५ वर्षसम्म अभिनय गरे । त्यसपछि, उनले ‘सिग्नेचर’ चलचित्रमा सन्दिप क्षेत्रीको बाल्यकालको भूमिका निभाए र ‘जुरेली’ नामक सिरियलमा पनि अभिनय गरे ।

पढाइलाई प्राथमिकता दिन उनले केही समय अभिनयबाट विश्राम लिए र प्लस २ पछि ‘आइटी’ मा ब्याचलर सके । यस अवधिमा, उनले केही सिरिज र म्यूजिक भिडियोमा सहायक निर्देशन र लेखन समूहमा काम गरे ।

ब्याचलर सकेपछि, आशिषले आरोहण गुरुकुल नाटक घरमा सुनिल पोखरेलसँग अभिनय सिक्न प्रवेश गरे । त्यहाँ उनले एक सडक नाटक र सुनिल पोखरेलको निर्देशनमा ‘गच्छामि’ नामक नाटक र रामभजन कामतको निर्देशनमा ‘काल’ नामक नाटकमा अभिनय गरे ।

‘होस्टेल ३’ को निर्माण टोलीले ‘शिव’ नामक भूमिकाको लागि अडिसन गरिरहेको बेला, आशिषलाई प्रस्ताव राख्यो । स्क्रिप्ट मन परेपछि उनले यो भूमिकामा चासो देखाए । धेरै अडिसनपछि, आशिष नै ‘शिव’ को भूमिकामा फिट हुने देखियो र उनको अभिनय परीक्षण सफल भएपछि उनलाई यो भूमिका दिइएको निर्देशक सशान कँडेलले बताए ।

चलचित्रको लेखन तथा एसोसियट निर्देशन माधव शर्माले गरेका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह(निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शङ्कर कोइराला र लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।

अर्जुन तिवारीको छायाङ्कन निर्देशन रहेको चलचित्रलाई सम्पादन विकास दाहालले गरेका छन् । हिमाल केसीको एक्सन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको सङ्गीत, र प्रवीण सिंह तथा रोशन विश्वकर्माको नृत्य निर्देशन रहेको छ । चलचित्रको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स ९गोविन्द शाही० र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन् ।