१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध



सांकेतिक तस्बिर
अ+ अ-

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । सडक माथिको डाँडाबाट सुख्खा पहिरो खस्दा आज बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर राजमार्ग चलाउन डेढ घण्टा लाग्ने  कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “सुख्खा पहिरोले राजमार्गमा ठूला ठूला ढुङ्गा खसेका छन् । यसलाई हटाउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो ।