२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

16.32°C

काठमाडौं

16.32°C

Kathmandu

Feels-like: 15.86

Wind: 0.84

Humidity: 71

Latest
रास्वपाको केन्द्रीय सचिवालय बैठक बिहीबार पुनः बस्ने शिक्षकका माग अविलम्ब पूरा गर्नुपर्छः पूर्वप्रधानमन्त्री खनाल संक्रमणकालीन न्यायसम्बन्धी आयोग : पदाधिकारीका लागि निवेदन दिन १० दिनको समय आन्तरिक रोजगारी दशकको उद्देश्य हासिल गर्न समझदारी डोटीको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी दिवङ्गत पत्रकार सुरेश रजकको सम्झनामा दीप प्रज्वलन नेपाल बारमा विजयप्रसाद मिश्रको प्यानलको जित निश्चित सर्लाहीमा ईद मिलन तथा उर्दू कवि सम्मेलन सम्पन्न प्रधानमन्त्री ओलीसँग भारतीय कृषिमन्त्री चौहानको भेट अफगानिस्तानको यु–१९ विरुद्व नेपालको सान्त्वना जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह



Hamas militants escort Isreali hostage Agam Berger (C) before handing her over to a Red Cross team in Jabalia on January 30, 2025, as part of their third hostage-prisoner exchange. (Photo by Omar AL-QATTAA / AFP)
अ+ अ-

एजेन्सी । हमासले इजरायलसँग गाजा युद्धविरामको अर्को चरणका लागि वार्तामा प्रवेश गर्न बिहीबार आह्वान गरेको छ।

जनवरी १९ मा लागू भएको र गाजामा युद्ध धेरै हदसम्म रोक्न सफल पहिलो चरणको सहमति अन्तर्गत बुधबार राति र बिहीबार बिहान गरिएको इजरायली मृत बन्धक र प्यालेस्टिनी बन्दीको अदलाबदलीपछि हमासले युत्रविरामको दोस्रो चरणमा प्रवेश गर्न माग गरेको हो ।

सम्झौताको पहिलो चरणअन्तर्गत हमासले २५ जना जीवित बन्धकलाई मुक्त गरेको छ भने अन्य आठ जनाको शव इजरायललाई फिर्ता गरेको छ ।

यसको बदलामा इजरायलले महिला र नाबालिकसहित करिब एक हजार ९०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सहमति भएको थियो ।

प्यालेस्टाइनी प्रिजनर्स क्लब एड्भोकेसी ग्रुपका अनुसार बुधबार राति फिर्ता गरिएका चार बन्धकको अवशेषको बदलामा इजरायलले बिहीबार ५९६ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ भने युद्ध सुरु भएपछि पक्राउ परेका गाजाका सबै महिला र नाबालिक गरी ४६ जना कैदीलाई रिहा गर्न बाँकी रहेको बताइएको छ ।

बिहीबार बिहान सयौं कैदीहरूलाई रिहा गरिएको गाजा र वेस्ट बैङ्कमा उपलब्ध एएफपीका सञ्चारकर्मीले जनाएका छन् । इजिप्टको राज्यसम्बद्ध अल–काहेरा न्यूजले इजरायली अधिकारीहरूले फिर्ता गर्नका लागि तोकिएकामध्ये ९७ जना गाजाको राफा सीमा पार गर्ने इजिप्टतर्फ आइपुगेको बताइएको छ।

युद्धको स्थायी अन्त्यका लागि तय गरिएको सम्झौताको दोस्रो चरणका लागि वार्ता अझै सुरु हुन सकेको छैन ।

“हामीले दुश्मनको झूटो औचित्यको अगाडिको बाटो सफा गरेका छौँ र दोस्रो चरणका लागि वार्ता सुरु गर्नुबाहेक उसको कुनै विकल्प छैन,” हमासले टेलिग्राममा भनेको छ।

बिहीबार रिहा भएका प्यालेस्टाइनी कैदीहरूलाई सप्ताहन्तमा रिहा गर्ने भनिएको थियो, तर सन् २०२३ अक्टोबर ७ मा भएको आकस्मिक र अकल्पनीय आक्रमणमा कब्जामा लिएका बन्धकहरूलाई सुपुर्दगी गर्न हमासले आयोजना गर्दै आएको भव्य समारोहलाई लिएर आक्रोश भएपछि इजरायलले यो प्रक्रिया रोकेको थियो।

यसअघि हमासले चारै जना इजरायली शवलाई गोप्य रुपमा फिर्ता गरिने बताएको थियो ।

कफिन हस्तान्तरण गरिएको केही घण्टापछि गाजाबाट बन्धक बनाइएका सबैलाई रिहा गर्नुपर्ने पक्षमा वकालत गर्ने इजरायली समूहले बिहीबार हमासले फिर्ता गरेका चार शवको पहिचान ‘गहिरो दुःखका साथ’ पुष्टि गरेको छ ।

ओहाद याहलोमी, साची इदान, इट्जिक एल्गाराट र श्लोमो मन्सुरलाई अन्ततः इजरायलमा ल्याइएको र आवश्यक प्रक्रियापछि अन्त्येष्टिका लागि परिवारलाई जिम्मा लगाइने बन्धक तथा बेपत्ता परिवार मञ्चले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 ‘वार्ता शुरू हुन्छ’ 

वासिङ्टनमा मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका उच्च दूतले इजरायली प्रतिनिधि युद्धविरामको अर्को चरणका लागि वार्ताका लागि तयार रहेको बताएका छन् ।

“हामीले धेरै प्रगति गरिरहेका छौं । इजरायलले अहिले एउटा टोली पठाउँदैछ,” स्टिभ विटकोफले अमेरिकी यहूदी समितिका लागि आयोजित एक कार्यक्रममा भन्नुभयो ।

“यो दोहा वा कायरोमा हुनेछ र इजिप्ट र कतारका अधिकारीहरूसँग फेरि वार्ता सुरु हुनेछ।

दोस्रो चरणको वार्ताको बारेमा विटकोफको टिप्पणीबारे इजरायलले प्रतिक्रिया दिइसकेको छैन । लडाकूहरूले अझै पनि कब्जामा राखेका दर्जनौं बन्धकहरूको रिहाई पनि गर्नुपर्नेछ । युद्धविरामका बावजुद गाजामा छिटपुट हिंसाका घटना भने भएका छन् ।

इजरायली सेनाले बुधबार त्यहाँबाट क्षेप्यास्त्र प्रहार भएपछि विभिन्न प्रक्षेपण स्थलमा हवाई आक्रमण गरेको जनाएको छ ।