२१ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः… बर्दियामा ५५ जनाको डिएनए संकलन साहित्यकार डा लालको निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्र मोरङ क्याम्पसमा झडपः स्ववियू सभापतिले कुटे नेवि संघ जिल्ला सभापति



अ+ अ-

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा कांग्रेसनिकट विद्यर्थी संगठनका दुई समुहबीच झडप भएको छ ।

बिहीबार दिउँसो क्याम्पस परिसरमा नेपाल विद्यार्थी (नेवि) संघ मोरङका सभापति सरोज पोखरेललाई महेन्द्र मोरङ क्याम्पसका स्ववियू सभापति जसवन्त पौडेलको नेतृत्वको टोलिले कुटपिट गरेका हुन् ।

कुटपिटबाट नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

(नेवि) संघका सभापति पोखरेल डा शेखर कोइराला पक्षका हुन् भने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्षका हुन् ।

आसन्न स्ववियु चुनावको तयारीको क्रममा संगठन विस्तारका लागि कलेजमा पुगेका पोखरेललाई पौडेल पक्षका विद्यार्थीहरूले रोकेपछि विवाद सुरु भएको सोहि क्याम्पसका एक विद्यार्थीले जनाए । पछि पौडेलसहितको समूहले पोखरेललाई लछारपछार पार्दै कुटपिट गरेको उनले बताए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहारीले जनाएको छ ।