६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेन्द्र मोरङ क्याम्पसमा झडपः स्ववियू सभापतिले कुटे नेवि संघ जिल्ला सभापति



अ+ अ-

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा कांग्रेसनिकट विद्यर्थी संगठनका दुई समुहबीच झडप भएको छ ।

बिहीबार दिउँसो क्याम्पस परिसरमा नेपाल विद्यार्थी (नेवि) संघ मोरङका सभापति सरोज पोखरेललाई महेन्द्र मोरङ क्याम्पसका स्ववियू सभापति जसवन्त पौडेलको नेतृत्वको टोलिले कुटपिट गरेका हुन् ।

कुटपिटबाट नेविसंघ सभापति पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

(नेवि) संघका सभापति पोखरेल डा शेखर कोइराला पक्षका हुन् भने स्ववियु सभापति पौडेल कांग्रेस संस्थापन पक्षका हुन् ।

आसन्न स्ववियु चुनावको तयारीको क्रममा संगठन विस्तारका लागि कलेजमा पुगेका पोखरेललाई पौडेल पक्षका विद्यार्थीहरूले रोकेपछि विवाद सुरु भएको सोहि क्याम्पसका एक विद्यार्थीले जनाए । पछि पौडेलसहितको समूहले पोखरेललाई लछारपछार पार्दै कुटपिट गरेको उनले बताए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहारीले जनाएको छ ।