१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

संस्कृतिसँग जोडिएका पोखरी

संस्कृतिसँग जोडिएका पोखरी
अ अ+ अ-

भादगाउँ । भक्तपुर नगरपालिका–५ को चुपिङ्घाटस्थित काँल्हाचा पुखुः (पोखरी)मा नुहाए घाउ खटिरा निको हुने जनविश्वास छ । घरघरमा धारा नभएको समयमा गाहिटी, तमारी, खँला र आर्दशका स्थानीयहरु काँल्हाचा पुखुःमा स्नान गर्ने, मुख धुने, तर्पण दिने, देवीदेवतालाई जल चढाई चम्पकेश्वर महादेवको दर्शन गर्ने प्रचलन रहेको थियो ।

भक्तपुर औद्योगिक क्षेत्रको दक्षिणतर्फ इन्द्रायणी पीठ नजिक रहेको प्राचीन धल्चा पुखुः९कालदह पोखरी०मा स्नान गर्नाले गोसाईकुण्डमा स्नान गरे सरह पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । गोसाईकुण्डको प्रतीक मानिने धल्चा पुखुःमा स्नान गरी त्यहाँको महादेवलाई जल चढाउनाले शिर कम्पन हुने र छालासम्बन्धी रोगको निवारण हुने धार्मिक मान्यता रहेको स्थानीय लक्ष्मीनारायण पक्काले बताउनुभयो । यहाँ जनै पूर्णिमाको दिन ठूलो मेला लाग्छ ।

यसैगरी भक्तपुरको ख्वप लाय्कू दरबार ९दरवार क्षेत्र०भित्र रहेको दुमाज पुखुःमा आइतबार र बिहीवार बच्चालाई नुहाई दिए, मुख धुवाई दिएमा रुन्चे लागेको, पेट दुःखेको निको हुने जनविश्वास छ । यो पुखुःको पानीले दुमाजु परिसर सरसफाईका लागि दैनिक प्रयोग गर्ने परम्परा रहेको स्थानीय ७४ वर्षीय बुद्धिलाल सुवाल बताउनुहुन्छ ।

पुखुःहरुको शहर भनेर परिचित भक्तपुर नगरका काँल्हाचा पुखुः, धल्चा पुखुः र दुमाजु पुखुः मात्र होइन, अधिकांश पुखुःहरु कुनै न कुनै धार्मिक–सांस्कृतिक एवं रोगको उपचारसँग सम्बन्धित रहेका छन् । नगरका चार दर्जन पुखुःमध्ये करिब दुई दर्जन पुखुःधार्मिक तथा सांस्कृतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छन् । धार्मिक तथा सांस्कृतिक आस्था रहेका, इतिहास बोकेका, रोग निवारणका लागि बनाएका, शहरको शोभा एवं सुन्दरता बढाउन, कमलको फूल उत्पादन, मानवीय जीवनमा कठिन समयमा मनलाई शान्ति पार्नुका साथै विपद्लगायतका समयमा आकस्मिक प्रयोगका लागि विभिन्न कालखण्डमा निर्मित अति सुन्दर मनोमोहक पुखुःहरु छन् ।

धार्मिक तथा सांस्कृतिक महत्व झल्काउनुका साथै राष्ट्रहितको लागि भक्तपुरमा पुखुःहरु निर्माण गरेको पुरातत्वविद, इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । विषेशगरी टाढाटाढाका तीर्थ यात्रामा गई स्नान गर्न जान नसक्ने असहाय अशक्तलाई आफ्नै ठाउँमा स्नान गराई दर्शन पुजा गर्न सजिलो लागि बनाएको उहाँले बताउनुभयो ।

यस्तै पुखुःहरुमध्ये एक हो भक्तपुर नगरपालिका–१, दूधपाटीमा अवस्थित सिद्धपोखरी । स्थानीयमा तः पुखुःले समेत परिचित सिद्धपोखरी दिउँसो आन्तरिक र बाह्य पर्यटकको आकर्षण गन्तव्य बनेको छ भने बिहान स्थानीय बासिन्दाको धार्मिक तीर्थस्थलको रूपमा रहेको छ । स्थानीय वृद्धवृद्धा बिहानै पोखरीमा आई मुखधुने र पोखरीको जल त्यहाँको महादेवलगयात देवीदेवतालाई चढाई दर्शन गर्ने परम्परा आजपर्यन्त कायमै रहेको स्थानीय ६५ वर्षीय विष्णुप्रसाद खत्रीले बताउनुहुन्छ ।

सिद्धपोखरी लौकिक वास्तुकलाको अनुपम उदाहरण बोकेको पुखुःको रूपमा परिचित छ । यो पुखुःको पूर्वपट्टि नेपालको सर्ब प्राचीन बराह र गणेशको मूर्ति रहेको छ । धार्मिक समन्वय र सद्भावको अनुपम उदाहरणस्वरूप शिवलिङ्ग र चैत्य त्यहाँ छ । यो चैत्य लिच्छवीकालीन मानिएको छ ।

प्राडा श्रेष्ठका अनुसार वास्तुतन्त्र विधिअनुरूप सिद्ध तान्त्रिक युगमा निर्माण गरेको विशाल पुखुःभएकाले यसलाई सिद्ध पुखुःभनी नामाकरण गरिएको हो । नेपाल सम्वत् २३८ तिर भक्तपुरलाई राजधानी नगरको रूपमा स्थापित गर्ने त्रिपुर राजदरबार राजधानीकै मध्यभागमा बनाउने, नगरलाई अनुपम कलाकृतिले सजाउने कार्य राजा आनन्ददेवको पालामा भएको थियो । सिद्धपोखरी त्योभन्दा केही समय पूर्व आनन्ददेवको दाजु युवराज इन्द्रदेवले निर्माण गर्न लगाएको इतिहासमा उल्लेख छ ।

लोकमान्यताअनुसार देवराज इन्द्रले स्नान गरेको दहको प्रतीकको रूपमा लिने भएकाले यस दहलाई इन्द्रदह पनि भन्ने गरिन्छ । इन्द्रदह परिसरमा लिच्छवीकालीनदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवी देवताका मूर्तिहरु रहेका छन् । त्यहाँ रहेको शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुःखेको रोग निको हुन्छ भन्ने जनविश्वास छ ।

इन्द्रजात्रामा यँेन्याँ पुन्हीको पूर्वसन्ध्यामा इन्द्रायणी देवीको खटजात्रा गरी इन्द्रदहको पश्चिमतिर देवीलाई विरामान गर्ने परम्परा छ । भोलिपल्ट पुन्हीको दिन दहमा स्नान गरी इन्द्रायणी देवीको पूजाआराधना गरे ठूलो पूण्य प्राप्ति हुनुका साथै पारिवारिक सुःख समृद्धि मिल्ने जनविश्वास रहेको छ । इन्द्रदहमा वासुकी नागसमेतको बसोबास रहेको विश्वास गरिन्छ । त्यसैले पानी नपरेर रोपाई ढिला भएको बेला भक्तपुरका स्थानीय बासिन्दा इन्द्रदहमा गई तान्त्रिक विधिद्वारा वासुकी नागको पूजा गरी ‘हरहर महादेव पानी दे, अलिकति होइन धेरै दे’ भनेर पानी माग्ने प्रचलन अहिले पनि रहेको पाइन्छ ।

भक्तपुरमा इन्द्रजात्रामा निकाल्ने तीन दिने याँ मता ९आकाश दीप० नगर परिक्रमापछि पुखुःहरुमा परिक्रमा गराई जात्रा सम्पन्न गर्ने चलन अहिलेसम्म छ । पहिलो दिनको याँःमता कमलविनायकको यातु बहारे९कमलपोखरी०मा परिक्रमा गरी सम्पन्न गर्छ । दोस्रो दिनको याँःमता झौखेलको मुगथौ पुखुःमा परिक्रमा गरी सम्पन्न गर्छ । तस्रो दिनको याँःमता सिद्धपोखरीमा परिक्रमा गराई सम्पन्न गर्छ ।

त्यसैगरी हरेक वर्ष माघ १ गते भक्तपुरमा मनाइने सम्यक महादानमा द्विपंकर बुद्धलाई चढाउने तिलभात इताछेंस्थित नःपुखुको पानीले पकाउने चलन छ । नःपुखुः परिसरमा नै सम्यक महादान पर्व मनाइन्छ । भक्तपुरमा मानव निर्मित विभिन्न सुन्दर पोखरीहरु मध्ये भाज्या पुखुःअति महत्वपूर्ण सुन्दर पुखुः हो । पुखुःको मध्यभागमा शिखर शैलीमा निर्माण गरिएको सुन्दर जलेश्वरको मन्दिर छ । यो पुखुः १२ औं शताब्दीको शक्तिशाली शासक वर्ग भाजु कसःको नाममा निर्माण गरेकाले यसलाई भाज्या पुखुः भनिएको प्राडा श्रेष्ठले बताउनुभयो ।

भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित रानी पुखुः, कमलविनायस्थित यातु बहारे पुखुः, सिद्ध पुखुः, भाज्या पुखुःलगायतका पुखुःहरुको डिल वा परिसरमा भक्तपुरका स्थानीय नेवार समुदायको कुलदेवता स्थापित छन् । वर्षको एक दिन दिगु पूजा÷देवाली पूजा ९कुल पूजा०मा ती पोखरीहरुको डिलमा कुल पूजा गरी भोज गर्ने परम्परा आज पनि जीवित रहेको छ ।

पुखुःछेउमा कुल देवता स्थापित गर्नुको मुख्य उद्देश्य पुखुःमा रहेको पवित्र जलले कुलदेवताको स्नान गराई दर्शन पुजन गर्नु हो । पुखुःहरुको छेउमा कुलदेवता स्थापित गर्नुको अर्को कारण वर्षको एक पटक भएपनि शहरी सिमाना सुरक्षा के कस्तो छ हेरी देश रक्षाको भावना जगाउनु रहेको श्रेष्ठले बताउनुभयो ।

प्राचीनकालदेखिका पुखुःहरु जनतालाई धार्मिक, सांस्कृतिक रूपमा मात्र नभएर मानसिक रूपमा पनि शान्ति, आनन्द प्रदान गर्न बनाएको हो । पर्यावरणले मानिसहरुमा कति रोगको निवारण गर्छ भन्ने भक्तपुरका पुखुःहरुले देखाएको छ । मानवीय जीवनमा कठिन परिस्थिति अनावृष्टि, अनिकाल जस्तो समयमा पानीको प्रयोग गर्न पाओस् भनी प्राकृतिक रूपमा जल भण्डारणको रूपमा पनि पुखुःहरु बनाएको हो । सिँचाइलगायत आगलागीजस्ता विपद्को समयमा आकस्मिक रूपमा ती पुखुःहरुको पानी प्रयोग हुँदैं आएका छन् ।

भक्तपुर नगर स्थापना गर्ने लिच्छवी राजा आन्नददेवले वास्तुमय बनाउने क्रममा विभिन्न पुखुःहरु निर्माण गरेका थिए । यससँगै मल्लकालमा पनि धेरै पुखुःहरु बनेको इतिहासमा उल्लेख छ । धर्म संस्कृतिले धनी भक्तपुरमा कति जात्रा पर्वका लागि नभई नहुने कमलको फुलको लागि समेत पुखुः बनाएको छ । नगरमा कमलविनायकको बाहारे पुखुः, तलेजु भवानीको पूजाको लागि ब्यासीस्थित नार्का बाहारे पुखुः, पलेश्वाँ बाहारे, याताको बाहारे पुखुःहरु कमलको फुलकै लागि निर्माण गरेको इतिहासमा उल्लेख छ ।

पानी जीवन भएकाले मानिसको दैनिकीसँग जोडेर नगरको प्रत्येक टोलटोलमा नुहाउन, लुगाकपडा धुन, तरकारी पखाल्न, गाईवस्तुलाई खुवाउन, हातखुट्टा धुन, भाँडा माझ्न, कृषि कर्म गरी घर फर्कने क्रममा औजार धुने कार्यमा पनि पुखुःको उपयोग हुँदै आएको छ । त्यसैगरी माछापालन गरेर आर्थिक रूपमा सबल बन्नुका साथै बाह्य तथा आन्तरिक पर्यटकको गन्तब्यस्थलको रूपमा विकास गर्न पुखुः बनाएको हो ।

यहाँका पुखुः तत्कालीन समयको विज्ञान प्रविधि र इञ्जिनीयरिङको अनुपम सीपको नमूना पनि रहेको छ । भक्तपुर नगरपालिका–८ को खँचा पुखुःमा करिब एक किलोमिटर पश्चिममा रहेको प्रसिद्ध न्यातपोल ९पाँच तल्ले० मन्दिरको छायाँ स्पष्ट देखिन्छ । यस्तो इञ्जिनीयरिङ प्रविधि प्रयोग भएको पुखुः वास्तवमै उत्कृष्ट नमूना मान्न सकिन्छ ।

पछिल्लो समय अधिकांश पुखुःहरुले भक्तपुर नगरपालिकाको सहयोग र स्थानीयको श्रमदानमा पुनर्जीवन पाएको छ । सिद्धपोखरी, रानी पोखरी, भाज्या पुखुः, कालदह, दुमाजु पुखुः, मंगल कुण्ड, कुमारी पुखुः, गरुडकुण्ड, सँला गणेश पुखुः, नाग पुखुः, नःपुखुको पुनर्निर्माण गरिएको छ । समयमै मर्मतसम्भार नहुँदा नगरभित्रका करिब ५० पुखुःमध्ये गलसी पुखुस्, नार्का बाहारे, तिलांचा पुखुः, खोर्चा र खोहरे पुखुः मार्कण्डे पुखुः, अलिगचा पुखुःलगायत झण्डै एक दर्जन पुखुः भने लोप भइसकेका छन् ।