११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमालेका महासचिव पोखरेललाई कोरोना



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेललाई कोरोना पोजिटिभ भएको छ । नेता पोखरेलले आफ्नो फेसबुक पेजमा आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी गराउनुभएको हो । उहाँले पेजमा लेख्नुभएको छ, “कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो ।

निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।” कोभिडको तेस्रो लहरले अहिले धेरै नेतालाई समाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री देवेन्द्र पौडेललगायत धेरै नेता अहिले कोरोना सङ्क्रमित भएपछि आइसोलेसनमा बस्नुभएको छ ।