२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

16.27°C

काठमाडौं

16.27°C

Kathmandu

Feels-like: 15.28

Wind: 1.54

Humidity: 51

तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छुः खानेपानीमन्त्री यादव



अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामुलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गर्नुभएको छ ।

बिहीवार काठमाडौं नेपाल खानेपानी संस्थानको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताउनु भयो । घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भन्नेबारेमा मन्त्रालय बसेर भएपनि नाफामा ल्याएरै छोड्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले जायज कामहरुका लागि कोमाबाट निकाल्नका लागि मन्त्रालय अघि बढ्नैपर्ने बताउनु भयो ।

पाइप फुटेको समस्या, फोहोर पानी आएको गुनासोहरु आम नागरिकले गर्ने गरेको भएपनि समाधान हुन एक महिना लाग्ने गरेको भन्दै तत्काल समस्या समाधान गर्न संस्थानलाई निर्देशन दिनुभयो । कल सेन्टरको स्थापना गरेर भएपनि जनताका समस्या समयमै समाधान गर्न निर्देशन दिनुभयो । उहाँले सरकारले बनाएका पानी ट्याङ्कीमा नेपाल सरकार खानेपानी मन्त्रालय नलेखिएको भन्दै अबदेखि सबै खानेपानी ट्याङ्कीमा नेपाल सरकार, खानेपानी मन्त्रालय लेख्न निर्देशन दिनुभयो । खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रमहरु ल्याउनुपर्ने बताउनु भयो ।

मन्त्री यादवले भन्नुभयो, ‘खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ । घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ रु धेरै जसो शाखाहरु घाटामा नै छ । यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्वपूर्ण कुरा हो । घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ । यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ । नागरिकबाट मासिक सेवा सुविधा त लिइराख्नुभएको छ । तर कसरी संस्था नोक्शानमा गयो । कसको कारणले गयो रु त्यसकारणले गर्दा संस्थप्रति इमान्दार भइदिन आग्रह गर्दछु । संस्था रहे मात्रै तपाईं हाम्रो भविष्य छ । धेरै ठाउँमा पाइप फुटेको, फोहोर पानी गएको गुनासो आइरहेको छ । कसरी निगराने, जनताको गुनासो कसरी सुन्ने, कल सेन्टर राखेर अघि बढ्नुपर्छ तर त्यो देखिरहेको छैन । जानकारी गराउँदा पनि एक महिनासम्म कर्मचारी पुग्दैनन् । यसमा ध्यान जाओस् । नेपाल खानेपानी संस्थान ३६ औं वार्षिकोत्सव मनाउँदाको मितिमा संस्था कोमामा छ । कोमाबाट कसरी निकाल्ने, यसमा हामी सबैको ध्यान जान जरुरी छ । १० महिनादेखि निमित्त जिएममा चलेको थियो, आज पूर्णता दिइसकेका छौँ ।’

यस्तै, मन्त्री यादवले खानेपानी सेवा महशुल दरमा पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महशुल समयानुसार समयानुकुल गर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

मन्त्री यादवले भन्नुभयो, ‘नेपाल खानेपानी संस्थान करिव ११ वर्ष पहिला निर्धारण भएको खानेपानी सेवा महशुल दरमै चलिरहेको छ । बिजुली त पक्कै फ्रि छैन होला । फ्रि छैन भने महशुलमा पनि हामीले विचार गर्नुपर्छ । अब नियमावली पनि आइसकेको छ । त्यसले तपाईंहरुको लागि धेरै चिज बाधाहरु हटेको छ । महशुलमा पनि पुनःविचार गर्नुपर्छ । त्यसको लागि हामीले छलफल चाँडै गर्नेछौँ । पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महशुल समयानुसार समयानुकुल गर्ने अहिलेको आवश्यकता पनि हो । यसलाई हामीले आपसमा छलफल गरेर अघि बढ्नुपर्ने छ ।’

मन्त्री यादवले मुलुक बचाउन सबै मिल्नुपर्ने बताउनु भयो । उहाँले वैशाखभित्रमा झुम्सा खोलाको पानी बुटवलमा ल्याइसक्ने प्रतिवद्धता जनाउनु भयो ।