१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाट गलेश्वर आश्रम

निःशुल्क भोजन, बास र शिक्षाको व्यवस्थासहित परोपकारमा रमाउँदै देवघाट गलेश्वर आश्रम
अ अ+ अ-

चितवन । पवित्र तीर्थस्थल देवघाटस्थित गलेश्वर आश्रममा गत माघको औँसीका दिन दुई हजार पाँच सयभन्दा बढीले मानिसले निःशुल्क भोजन गरे । यसैगरी माघे सङ्क्रान्तिको दिन पनि त्यत्तिकैको सङ्ख्याका भक्तजन एवं सर्वसाधारणलाई भोजन गराएको अभिलेख आश्रमसँग छ ।

त्यसो त दैनिक तीन सयबढीले यहाँ निःशुल्क भोजन गर्ने गर्दछन् । आश्रम पुग्ने जो कोही भोकै फर्किनु पर्दैन । बिहान १० बजेबाट दिउँसो १२ बजेसम्म र साँझ पाँच बजेबाट सात बजेसम्म यहाँ निःशुल्क भोजन गर्न पाइन्छ ।

सो आश्रममा एक सय ५५ वटा छुट्टाछुट्टै कुटी छन् भने साधक भवनमा ५५ वटा कुटीजस्तै कोठा छन् । हरेक कुटीमा खाना पकाउने भान्सा, सुत्ने कोठा र सँगै शौचालय बनाइएको छ । आश्रमका सञ्चालक महेन्द्रराज प्याकुरेलका अनुसार भक्तजन धेरै भएका बेला कुटी, धर्मशाला र सभाहलसमेतमा सुत्ने व्यवस्था गरिन्छ । उहाँले भन्नुभयो “एक हजार जनासम्मलाई निःशुल्क रूपमा सुत्ने व्यवस्था गर्न सक्छौँ ।”

कुटीमा ५० वर्षमाथिका ज्येष्ठ नागरिकहरु बस्दै आउनुभएको छ । एउटा कुटीमा श्रीमान्–श्रीमती भए दुई जना र नभए एक जना मात्र बस्ने व्यवस्था मिलाएको छ । सञ्चालक प्याकुरेलका अनुसार देशभरबाट यहाँ आउने भक्तजन आश्रमको कुटीमा बस्नु हुन्छ । उहाँहरुको शेषपछि कुटीको माग गरेकालाई पालोअनुसार दिने गरिएको छ । कुटीमा बसेको कुनै शुल्क लाग्दैन । आफँै पकाएर खान सक्नेले आफैँ खान्छन् भने नसक्नेको हकमा सामूहिक भान्सा ९भण्डारा०मा गई निःशुल्क खाने प्रबन्ध मिलाइएको आश्रमले जनाएको छ ।

बाहिरबाट आएर थप कुटी बनाएर बस्न चाहनेका लागि निर्माण खर्च लिन थालिएको छ । हक हस्तान्तरण नहुने गरी कुटी बनाउन पाइने व्यवस्था भएअनुसार जम्मा दुई वटा बनाइएको छ ।

सो आश्रमअन्तर्गत वेदवेदाङ्ग संस्कृत विद्यापिठ सञ्चालित छ । देवघाटस्थित सो विद्यापिठमा कक्षा ६ देखि शास्त्री ९स्नातक० तहसम्मको पढाइ हुनेगरेको छ । त्यहाँ अहिले दुई सय ३५ विद्यार्थी निःशुल्क रूपमा अध्ययन गरिरहेका छन् । यसैगरी आश्रमले देवघाटकै चितवनतर्फ ७५ जना क्षमताको ज्येष्ठ नागरिक विश्रान्ति कक्षसमेत सञ्चालन गर्दै आएको छ । न्यूनतम रकम लिएर यो आश्रम सञ्चालन गरिएको छ । वृद्धवृद्धालाई हीनताबोध नहोस् भन्नका लागि वार्षिक रु ४४ हजारदेखि रु ५० हजारसम्म शुल्क लिएर यो आश्रम सञ्चालन गरिएको सञ्चालक प्याकुरेलले जानकारी दिनुभयो ।

आश्रम सञ्चालनका लागि सालाखाला मासिक रु २० लाख खर्च हुने गर्दछ । यो रकम दाताको सहयोग र अक्षयकोषको व्याजबाट सञ्चालन हुनेगरेको छ । पितृको नाममा वार्षिक तर्पण तथा पिण्ड दान एवं जन्मदिनमा शिवपूजन, रुद्राभिषेक, हवन गर्दा भक्तजन एवं दाताबाट प्राप्त हुने रकम अक्षयकोषमा राख्ने गरिएको छ । अहिलेसम्म चार हजार दुई सय जनाले अक्षयकोषमा रकम जम्मा गरेको आश्रमले बताएको छ ।

विसं २०५३ सालमा खडा गरिएको अक्षयकोषमा रकम जम्मा हुनेक्रम जारी छ । अहिले गलेश्वर आश्रममा भण्डारा, विश्रान्ती आश्रम र विद्यालयमा गरी ४३ जनाले सेवा दिँदै आएका छन् ।

महामण्डलेश्वर स्वामी आत्मनन्द गिरीको संरक्षकत्वमा आश्रम सञ्चालन हुँदै आएको छ । विसं १९८० सालमा तपश्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रम्हचारी (गलेश्वर बाबा)ले आफ्नो साधनास्थलको रूपमा कालिगण्डकीलाई पछ्याउने क्रममा म्याग्दीबाट चितवनको देवघाट आएर कुटी निर्माण गरी आश्रमको सुरुवात गर्नुभएको हो ।

सो आश्रमका सचिव भोजराज पौडेलका अनुसार आश्रमअन्तर्गत करोडौँका संरचना निर्माण गरिएको र स्रोतसाधनले भ्याएसम्म आवश्यकताअनुसार संरचना निर्माणकार्यलाई निरन्तरता दिइने छ । आश्रम परिसरमा रु नौ करोडको लागतमा सिद्देश्वर महादेवको मन्दिर निर्माण गरिएको छ भने विद्यापिठ भवन रु १२ करोड बढी खर्च गरी बनाइएको छ ।

सचिव पौडेलका अनुसार रु ५० करोडभन्दा बढीका संरचना आश्रम परिसरमा दाता र सरकारी निकायको सहयोगमा बनेका छन् । बेणीदेखि गलेश्वर चोकसम्म नेपाली ढुङ्गा छापेर धार्मिक पर्यटकीयमार्ग बनाउन सरकारी निकायसहित विदेशी दुतावाससँग पहल भइरहेको आश्रमले जनाएको छ ।

पवित्र तीर्थस्थल देवघाटमा रही निश्वार्थ ढङ्गले मानव सेवामा समर्पित हुन पाएकोमा गर्व गर्दै गलेश्वर आश्रमका सञ्चालक महेन्द्रराज प्याकुरेलले भन्नुभयो, “भगवानको कृपा, साधुसन्त–माहात्मको आर्शीवाद, साहुमहाजन एवं चन्दादाताको अविस्मरणीय सहयोग, तमाम् भक्तजन, स्थानीय जनता र आमसर्वसाधारणको विश्वास र मायाका कारण अहिलेसम्म आश्रममा आए जतिलाई निःशुल्क भोजनसहित वृद्धवृद्धालाई कुटी र बालबालिकालाई स्नातक तहसम्मको शिक्षा दिन सकिएको हो । सेवा नै परमोधर्म हो भन्ने मान्यतालाई आत्मसाथ गरी समाजका असहाय, दीनदुखी, वृद्धवृद्धाको सहयोगमा समर्पित आश्रमलाई मन, वचन, कर्मले सहयोग गर्न सबैसँग अनुरोध गर्दछु ।”रासस