१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिप्रदी ट्रेडिङ्गले जित्यो ‘टाटा मोटर्स वन वर्ल्ड २०२४’ मा सात उत्कृष्ट अवार्ड



अ+ अ-

काठमाडौँ । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले सात उत्कृष्ट अवार्ड जितेको छ ।

टाटा मोटर्सको अन्तर्राष्ट्रिय व्यवसाय नेटवर्कलाई जोड्ने टाटा मोटर्स ‘वन वर्ल्ड २०२४’ मा सिप्रदीले सात उत्कृष्ट अवार्ड जितेको हो । साथै, सिप्रदीले ‘पायोनियर ईभी एक्सपान्सन’का लागि विशेष कदर पत्र समेत प्राप्त गरेको छ ।

सिप्रदी ट्रेडिङ्गले नेपाललाई सबै प्रमुख सेग्मेन्टहरूमा उच्च बजार हिस्सा दिलाउँदै निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेको छ । साथै, यसले नेपाललाई कमर्सियल सवारीसाधन क्षेत्रमा अग्रणी स्थानमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले यो उपलब्धि ग्राहकहरूको विश्वास, टीमको निरन्तर मेहनत, र टाटा मोटर्सका विश्वसनीय उत्पादनहरूको प्रतिफल रहेको बताएका छन् । उनले भने, ‘हामी हाम्रा ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा र सुलभ सवारी साधन प्रदान गर्न सधैं प्रतिबद्ध छौं । यी पुरस्कारहरूले हाम्रो टीमको मेहनतलाई सम्मान गर्दै, ग्राहकहरूलाई अझ उत्कृष्ट अनुभव प्रदान गर्ने प्रेरणा दिएको छ।’