२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.51

Wind: 1.03

Humidity: 33

Latest
प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा विशेष सम्मान- फोटो फिचर ‘लाज शरणम्’मार्फत् कुपोषणविरुद्ध जागरण चलाएका विकासको कुपोषणकै कारण मृत्यु ! काठमाडौंको तीनकुने घटनामा संलग्न थप १८ जना पक्राऊ चैत्र नवरात्रिको आध्यात्मिक रहस्य धनगढी एफसीको सहज जित तीनकुने घटना: जसले प्रदर्शन गरेको हो,उही जिम्मेवार हुन्छ: पूर्वराजाको सचिवालय २२ बल बाँकी छँदै पञ्जाबले लक्ष्य पूरा गर्‍यो, लखनउमाथि ८ विकेटको जित रोमाञ्चक जितसहित रियल मड्रिड कोपा डेल रेको फाइनलमा राप्रपाका वरिष्ठ नेता बोहोराको शव श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा राखिँदै आर्सनलले फुलहमलाई हरायो, नटिङहमसँग युनाइटेड स्तब्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा डढेलो वस्तीमा प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति



अ+ अ-

एजेन्सी । उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

सार्वजनिक प्रसारक एनएचकेमा प्रशारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जङ्गली क्षेत्रमा आगोले धेरै घरहरू जलेको फ्रेममा परिणत भएको देखाइएको छ।

स्थानीय नगरपालिकाले दिएको जानकारीअनुसार नजिकैका करिब ६०० बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

बिहीबार बिहानसम्म शहरका अधिकारीहरूले आगोबाट कम्तीमा ८४ वटा भवनमा क्षति पुगेको अनुमान गरेका छन् । सेल्फ डिफेन्स फोर्सेजले डढेलोलाई आकाशबाट निभाउने प्रयास गरिरहेको तर अझै नियन्त्रणमा लिन नसकिएको बताएको छ ।

ओफुनातोका मेयर कियोशी फुचिगामीले बुधबार साँझ भएको आगलागीलाई ’ठूलो परिमाणको’ भन्दै मोनाकोभन्दा तीन गुणा बढी ६०० हेक्टर (१,५०० एकड) जमिन जलेर नष्ट भएको बताउनुभएको छ ।
आगलागीको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो ।

सन् २०२३ फेब्रुअरीदेखि अप्रिलको अवधिमा जापानमा करिब एक हजार ३०० वटा बढी डढेलो लागेको थियो ।

फुचिगामीका अनुसार इवातेमा लागेको पछिल्लो डढेलोको अवस्थामा पश्चिमबाट आएको ’तीव्र बतास’ले सोही क्षेत्रमा स–साना डढेलोको शृङ्खला फैलाउन मद्दत गरेको छ ।

उद्धार गरिएकी ४५ वर्षीया एक महिलाले एनएचकेसँग आफू कामबाट फर्किँदा आगो आफ्नो घरनजिक आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरा बच्चाहरू सुरक्षित छन् भन्ने जानकारी प्राप्त गरेपछि मलाई राहत महसुस भयो।”

अर्का एक जना ३२ वर्षीय व्यक्तिले एनएचकेसँग भन्नुभयो, “यति तीव्र गतिमा डढेलो लागेको मैले पहिलो पटक देखेको हुँ।”