२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प पछिको पुनःनिर्माणका लागि जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको समन्वय सम्पर्क कार्यालय स्थापना हुने



file photo
अ+ अ-

काठमाडौँ । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट,अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ ।

बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको क्षति आँकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको दाबी गर्नुभयो । उहाँले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकाको पुनःनिर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताउनु भयो । सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको क्षति आँकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको छ । त्यसपछि हामी पुनः निर्माण र पुनः स्थापनाको काम अगाडि बढाउँछौँ । यसरी नै डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको पनि जतिको डिडिए भइसकेको छ त्यसको पुनःनिर्माण अगाडि बढ्छ । डिडिए हुन नसकेको पनि डिडिए हुन्छ । यो कामका लाग जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने गरेर हामी यो महिनाभित्र नै कार्यालय स्थापना गर्छौं । अब यो पुनःनिर्माण र पुनः स्थापनाको काम द्रुत गतिले अघि बढ्छ ।’

उहाँले भूकम्पपछिको पुनःनिर्माण र पुनः स्थापनाको का द्रुत गतिमा अघि बढ्ने बताउनु भयो ।