२५ श्रावण २०८३, सोमबार
,
Latest
आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह ट्रक व्यवसायी महासंघ र सानिमा बैंकबिच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क भुक्तानी क्यूआरबाट हुने दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गरिने १० मेगावाटमुनिका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढाउने प्राधिकरणको तयारी गृहमन्त्री गुरुङ र उद्योगमन्त्री यादवको उपस्थितिमा मधेश प्रदेशका सांसदसँग छलफल विशेष सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित ‘गगन थापालाई गाली गरेर महत्व नदिनुस्, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’: डा. शशांक… विधि विपरित पार्टी कब्जा गर्न खोजे लोकतन्त्र नै संकटमा पर्छः कृष्णप्रसाद सिटौला १५ औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेता सिंहको प्रश्ताव अदालत र अख्तियारले पनि विकास निर्माणलाई प्रभावित पारेः काँग्रेस सांसद स्वाँर
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान संशोधनमार्फत जनताको अधिकार खोस्ने प्रयास हुन सक्छ: प्रचण्ड



file photo
अ+ अ-

देबानगन्ज (सुनसरी)। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेतृत्वको सरकारले गरेका सुधार कार्यहरुको कार्यान्वयन यो सरकारले रोकिरहेको बताउनुभएको छ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देबानगन्ज गाउँपालिकामा आयोजित जनभेटघाट कार्यक्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो।

आफ्नो पार्टी नेतृत्वको सरकारले कृषि मल आपूर्ति सहज बनाएकोमा अहिले फेरि पुरानै अवस्था देखिन थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउन्व गरेकोमा अब यसमा पनि समस्या आउन थालेको बताउनुभयो।

अघिल्लो सरकारले नागरिकताबिहीन नागरिकलाई नागरिकता दिन कानुन बनाए पनि अझै यसको प्रभावकारीरुपमा कार्यान्वयन हुन नसकेको गुनासो आफूले यसपटक तराई मधेसमा धेरै सुनेको उल्लेख गर्दै उहाँले मिटरब्याज पीडितको समस्या समधानका लागि आफूहरुले कानुन बनाए पनि अहिलेको सरकार यो समस्या समाधान गर्न ध्यान नदिएको बताउनुभयो। उहाँले यी लगायत धेरै सुधारात्मक कार्य रोकेर सरकारले भ्रष्ट, माफिया र विचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको बताउनुभयो।

अध्यक्ष प्रचण्डले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको तर त्यो संभव नभएको बताउनुभयो। तथाकथित संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरुका लागि सपना मात्रै भएको र जनताको तागतले यसलाई रोक्ने उल्लेख गर्दै उहाँले लाखौं जनता एक ठाउँमा उभिने हो भने भ्रष्टराजको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिने बताउनुभयो।

अध्यक्ष प्रचण्डले नेपालको उत्पीडित क्षेत्र र समुदायले ऐतिहासिक योगदान गरेकै कारण यति चाँडै राजनीति परिवर्तन सम्भव भएको बताउनुभयो । देबानगन्ज जनयुद्धको बेलामा निकै योगदान गरेको पालिका भएको उल्लेख गर्दै यहाँका जनताले गरेको ऐतिहासिक योगदानको उच्च मूल्यांकन गरेको बताउनुभयो।

मधेसको ठूलो सम्भावना भनेकै कृषिमा रहेको उल्लेख गर्दै उहाँले कृषि पेन्सन, कृषि बीमा, ठाउँठाउँमा शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने र यसका लागि आफ्नो पार्टीले पहल गर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको अवस्था रुपान्तरणका लागि अब कसरी अगाडि बढ्न सकिन्छ भनेर अवस्थाको प्रत्यक्ष अवलोकन गर्न नै आफूहरु अभियानमा आएको र यहाँबाट फर्केपछि थप कार्यक्रम तय गर्ने स्पष्ट गर्नुभयो।