६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पार्टी भित्र निर्वाचन नभए काँग्रेस ५० बर्ष प्रतिपक्षमा रहन्छ : अजाद

पार्टी भित्र निर्वाचन नभए काँग्रेस ५० बर्ष प्रतिपक्षमा रहन्छ : अजाद
अ+ अ-

नयाँ दिल्ली । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्किदै गएको छ । पार्टीको एउटा समूहले तत्काल गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएको छ भने अर्को पक्षले गान्धी परिवारकै नेताले पार्टीको नेतृत्व गर्नुपर्ने अडान लिएका छन् । 

नेतृत्व चयन गर्न केहीदिन अगाडि बसेको केन्द्रिय समितिको बैठक पनि अनिर्णित हुदै सकिएपछि थप पार्टी भित्र निराशा बढेको पाइएको छ । पार्टीलाई तत्काल पूर्णकालिन र देखिने नेतृत्वको आवश्यकता रहेको बताउदै आउनु भएका वरिष्ठ नेता गुलाम नावी अजादले पार्टीमा तत्काल निर्वाचन नभए काँग्रेस ५० वर्ष प्रतिपक्षमा रहने बताउनुभयो । 

असन्तुष्टि व्यक्त गर्दै पार्टीकी अन्तरिम अध्यक्ष सोनिया गान्धीलाई केही दिन पहिले पत्र लेख्ने नेताहरु मध्यका एक अजादले पार्टी भित्र तत्काल नेतृत्वको आवश्यकता रहेकोमा फेरी जोड दिनुभएको हो । 
निर्वाचित संरचना पार्टीमा बन्यो भने मात्रै त्यसले संगठन निर्माण र परिचालन गर्न सक्ने र र निर्वाचनमा पनि राम्रो नतिजा उहाँको भनाई छ । 

तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि भारतीय काँग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । गत सोमबार बसेको केन्द्र्रिय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भएपनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुन्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्नुहुने भएको छ । 
नयाँ अध्यक्ष चयन हुनका लागि छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने नेताहरुले बैठकमा बताएका थिए । 

भारतीय काँग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरुले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन् भने उहाँले अस्विकार गर्दै आउनु भएको छ । गएको आम निर्वाचनमा पार्टीलाई सवैभन्दा धेरै निर्वाचन क्षेत्रबाट जिताउन नसकेपछि नैतिक जिम्मेबारी लिदै उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो । 

उहाँले दिएको राजीनामा केही समय अस्विकृत हुदै उहाँलाई नै अध्यक्षमा कायम गर्नुपर्ने माग उठिरहेपनि उहाँले अस्विकार गरेपछि पार्टीकी पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको हो । 
उहाँलाई सन् २०१९ को अगस्ट १० तारिखका दिन केही समयका लागि भनेर अन्तरिम अध्यक्ष बनाइएको हो ।