२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमानस्थलबाट ३ केजी ४७५ ग्राम सुनसहित चार विदेशी नागरिक पक्राउ



अ+ अ-

काठमाडौँ ।  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

गएराति दुबईबाट फ्लाइ दुवईको उडानमार्फत आएका उज्वेकिस्तानका चार जना नागरिकलाई सुनसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जनकारी दिए ।

पक्राउ परेका तीन महिला र एक जना पुरुषले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा
३ किलो ७४५ ग्राम सुन बरामद गरिएको एसएसपी राठौरले बताए । पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसएसपी राठौरले जानकारी दिए ।