
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यससँगै, आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैँ , बिहिबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।