१७ असार २०८३, बुधबार
,
Latest
शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतका अनुसार कोरोना संक्रमणबाट मोरङका ५६ र ६५ वर्षीया, भक्तपुरकी ६४ वर्षीया महिला र मकवानपुरकी ७१ वर्षीया महिला तथा उदयरपुरका ५२, पर्साका ७२, धनुषाका ४५, सिरहाका ५५ र झापाका ८३ वर्षीय, चितवनको ५१, कास्कीका ५२ र रुपन्देहीको ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।  

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ। नेपालमा शुक्रबार ९२७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ। संक्रमितमध्ये २० हजार २२४ जना निको भएर घर फर्किएका छन्।