६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

श्रोवन र प्राचीलाई टेबलटेनिसमा स्वर्ण

श्रोवन र प्राचीलाई टेबलटेनिसमा स्वर्ण
अ+ अ-

काठमाडौँ। दुई भारतीय खेलाडी टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले सातौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा आज स्वर्ण जितेका छन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज भएको यु–१६ सिङ्गल्सको ब्वाइजमा श्रोवन र गल्र्समा प्राची पहिलो भएका हुन् । ब्वाइज फाइनलमा श्रोवनले एभीएम टेबलटेनिस क्लबका प्रजिल भट्टराईलाई ३–२ ले पराजित गरे । श्रोवनले २–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै नतिजा आफ्नो पक्षमा पारेका हुन् । प्रतिस्पर्धात्मक फाइनल श्रोवनले ६–११, १२–१४, ११–८, ११–८ र ११–८ ले जिते । ट्यालेन्ट स्काउट टेबलटेनिस हबका श्रीराज वर्दान र यलका अर्नव श्रेष्ठ तेस्रो बने ।

गल्र्सको उपाधि भिडन्तमा प्राचीले ग्लोबल टेबलटेनिस एकेडेमीकी सचारी चक्रवर्तीलाई ११–१, ११–९ र ११–४ ले सहजै पराजित गरिन् । नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ र टिस्टा टोर्साकी श्रुति दास तेस्रो भए । यु–१६ को दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच/पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा योसँगै चार स्वर्णको टुङ्गो लागेको छ ।

यसअघि टिम इभेन्टको पुरुषमा ललितपुर टेबलटेनिस क्लब र महिलामा ग्लोबलले स्वर्ण जितेका थिए । प्रतियोगितामा जम्मा ९ स्पर्धा समावेश छन् । प्रतियोगिताको मुख्य स्पर्धा पुरुष/महिला सिङ्गल्समा लिग चरणका खेल भइरहेका छन् । पुरुषमा तेस्रो तथा महिलामा पहिलो चरणको खेल सकिएको छ ।