९ श्रावण २०८३, शनिबार
,
Latest
स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ ‘घुमुवा प्रहरी हुँ’ भनि ठगी गर्ने पक्राउ मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जित्यो, नेपाल फेरि अभागी



अ+ अ-

काठमाडौं। फोर नेसन्स वूमन्स च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपाललाई २-० गोलले हराउँदै म्यानमार च्याम्पियन बनेको हो । म्यानमारको जितमा यु पर खिनले गोल गरिन् । खेलको ६२ औं मिनेटमा खिनले गोल गरेकी हुन् । नेपाली डिफेन्सलाई बिट गर्दै लगेकी उनले लेफ्ट साइडबाट प्रहार गरेको बल सिधै गोल हुन पुग्यो । नेपालका गोल किपर एन्जिला सुब्बाले कुनै मौका नै पाइनन् ।

पहिलो हाफमा दुबै टोलिले प्रतिस्पर्धात्मक खेलेपनि दोस्रो हाफमा भने म्यानमारले नेपाललाई दबाबमा राख्यो । खेलको २४ औ मिनेटमा म्यानमारले अग्रता लिने अवसर गुमायो । बिमला बिकले म्यानमारको गोल हुन दिइनन् । म्यानमारका सान थले प्रहार गरेको बललाई बिमलाले विफल पारिन् । उनी गोल पोस्टमा रहँदा सान थको प्रहार सिधै बिमलालाई लागेको थियो ।

३४ औं मिनेटमा नेपालले गोल गर्न चुक्यो । साबित्रा भण्डारी र सरु लिम्बुले गोल गर्न सकेनन् । रेखा पौडेलले उपलब्ध गराएको पासमा डि-बक्स भित्र पाएको अवसरलाई दुबै जनाले प्रहार गरेको बल म्यानमारका खेलाडीलाई लाग्न पुग्यो ।

खेलको ४३ औं मिनेटमा रेखा पौडेलले हेडिङबाट गोल गर्न लाग्दा म्यानमारका डिफेन्डरले उनलाई रोके । नेपाली खेलाडीमा आपसी तालमेल नमिल्दा नेपालले गोल गर्न सकेन । ५५ औं मिनेटमा साबित्रा भण्डारीले गरेको हेडिङ पोस्टभन्दा थोरै बाहिर गयो ।

खेलको ६२ औं मिनेटमा म्यानमारले अग्रता लियो । उसका लागि यु पर खिनले गोल गरिन् । नेपाली डिफेन्सलाई बिट गर्दै लगेकी उनले लेफ्ट साइडबाट प्रहार गरेको बल सिधै गोल हुन पुग्यो । नेपालका गोल किपर एन्जिला सुब्बाले कुनै मौका नै पाइनन् ।

६४ औं मिनेटमा म्यानमारले अग्रता दोब्बर पार्यो । कप्तान विन थेङ्गी तुनले प्रहार गरेको बल नेपालका डिफेन्डरलाई लागेर गोल हुन पुग्यो ।खेलको इन्जुरी समयमा साबित्राले फ्रीककबाट प्रहार गरेको बललाई म्यानमारकी गोलकिपर म्यो म्या म्या नेविनले पन्च गरेर बाहिर पठाइन् ।

१५,५६८ दर्शकले खचाखच भरिएको रंगशालामा नेपालले पुनः उपाधि खडेरी अन्त्य गर्ने मौका गुमायो । १२ पटक विभिन्न प्रतियोगिताको फाइनल खेलेको नेपाल आजको फाइनलमा पनि अभागी साबित भयो । प्रतियोगितामा नेपाल र म्यानमारसँगै किर्गिस्तान र लेबनान पनि सहभागी थिए ।