१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएसएड नेपालमा नयाँ प्रमुख नियुक्त



अ+ अ-

काठमाडाैंः अमेरिकी अन्तराष्ट्रिय सहयाेग नियाेग ( युएसएड) नेपालकी नवनियुक्त निर्देशक सेपिडह केभान्साड नेपाल आइपुग्नुभएको छ ।

अमेरिकी विदेश मन्त्रालय लगायत अमेरिकी सरकारका विभिन्न निकाय र युएसएडको अफगानिस्तान, एलसाल्भाडोर लगायत देशमा कार्यरत रहेको लामो अनुभव बटुलीसक्नुभएको वहाँले रणनीतिक अध्ययन र कानून बिषयमा स्नातकोत्तर गर्नुभएको युएसएड नेपालले जनाएकाे छ ।

नेपालस्थित अमेरिकी मिशन परिवारमा स्वागत गर्न चाहन्छौं, युएसएडले जनाएकाे छ ।

अमेरिकाले कोभिड१९ विरुद्धको विश्वव्यापी लडाईंको नेतृत्व गर्दैआएको छ। यो महामारीको शुरुवातदेखि अहिलेसम्म अमेरिकी सरकारले वैदेसिक सहयोग लगायत खोपको विकास र अन्य साधनको खोजीको लागि झन्डै २०.५ बिलियन अमेरिकी डलर बराबरको प्रतिवद्धता जनाइसकेको छ।

नेपालमा पनि युएसएड नेपालले विभिन्न चरणमा कोरोना भाईरसको प्रभावसँग जुध्न प्रदान गरेको झन्डै ६८ लाख अमेरिकी डलर लगायत नेपाल सरकारका विभिन्न निकायलाई निरन्तर रूपमा कोभिड जाँच, व्यक्तिगर सुरक्षा उपकरण लगायत अन्य सामाग्रीहरू हस्तान्तरण गर्दै आएको छ।