३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले देशको विकासको गर्ने पार्टी हो : मुख्यमन्त्री कँडेल



अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेकपा एमाले देशको विकास गर्ने पार्टी भएको बताएका छन् ।

आज सुर्खेत लेकबेँसी नगर कमिटीले आयोजना गरेको दुईदिने नगरस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेले सरकार सञ्चालन गर्दा देशको विकासले गति लिने गरेको बताए।

एमालेले विभिन्न अभियानका साथ जनतामा जाने र जनताको मन जित्ने काम गरेको मुख्यमन्त्री कँडेलको दाबी छ । एमालेमा विगतमा सदस्य धेरै भएपनि चुनावमा मत कम प्राप्त गरेकाले आफ्नो सदस्यता आफैँ नवीकरण गर्ने नीति लिएको हुँदा जनतालाई ढलमलाएर होइन बुझाएर पार्टी सदस्य बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड थियो ।

कर्णालीको विकास गर्ने जिम्मेवारी एमालेको काँधमा आएको उनले बताए। सत्तासाझेदार दलहरुलाई साथमा लिएर एमालेले कर्णाली बनाउने अभियानमा लागेको उनले बताए।