१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेराेना संक्रमणबाट शनिबार १२ जनाकाे मृत्यु, मृतककाे संख्या २०७ पुग्याे



अ+ अ-

काठमाडाैंः पछिल्ला दिनहरूमा निकै उग्ररूप लिएकाे काेराेनाभाइरसकाे संक्रमणबाट देशभर शनिबार १२ जनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेनाभाइरसकाे संक्रमणबाट हालसम्म २०७ जनाकाे ज्यान गएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९७ जना अझै पनि भेन्टिलेटर र सघन उपचार कक्षमा उपचार गराइरहेका छन् ।

निकै जटिल अवस्थामा रहेकामध्ये प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा १७ जना र प्रदेश ५ मा २ जना गरी कूल २२ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यसैगरी प्रदेश १ मा १५ जना, प्रदेश २ मा ३८ जना, बाग्मतीमा ७८ जना, गण्डकीमा ३ जना, प्रदेश ५ मा १७ जना र कर्णाली प्रदेशमा २४ जना सघन उपचार कक्षमा रहेका छन् ।