६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक सहायता लिनेबारे सोच्ने बेला आयो–सञ्चारमन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल सरकारले लिने वैदेशिक सहायता लिने विषयमा धेरै अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि गुरुङले वैदेशिक सहायता लिने विषयमा गम्भीर भएर निर्णय लिन आवश्यक रहेको बताउनुभएको हो ।

विश्व राजनीतिमा आएको फेरबदलले नेपालको राजनीतिमा धेरै थोरै असर गरे पनि वैदेशिक सहायता ऋण अनुदानमा असर गरेको थिएन । तर अहिले अमेरिकी सरकारले गरेको निर्णयले गम्भीर हुन र समिक्षा गर्न बाध्य बनाएको बताउनु भयो । नेपाल सरकारले कस्तो विषयमा ऋण सहायता लिने कस्तोमा नलिने भनेर अध्यान गरेर मात्र निर्णय लिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । नेपालले वैदेशिक परनिर्भरता कम गर्न आफ्नै बजेट अनुसारको काम मात्र गर्नुपर्ने बताउनु भयो । अमेरिकी सरकारले युएसएआइडि खारेज गर्ने र एमसिसि कार्यक्रम स्थगन गर्ने निर्णयले पारेको असर बाट नेपालले पाठ सिक्नुपर्ने बताउनु भयो ।