२३ चैत्र २०८१, शनिबार
April 5, 2025 Saturday

27.27°C

काठमाडौं

27.27°C

Kathmandu

Feels-like: 26.31

Wind: 4.12

Humidity: 22

Latest
पत्रकारिता क्षेत्रले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ: अर्थमन्त्री पौडेल बुद्ध दर्शनको प्रचारप्रसार र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा थाई सरकारको योगदान श्रीमान–श्रीमती छुट्टाछुट्टै ओछ्यानमा किन सुत्नुपर्छ ? यी १० कारणले टुट्छ रोमान्टिक सम्बन्ध, कसरी टिकाइराख्ने ? सरकारले शिक्षकहरुका माग सम्बोधन गर्छ, उहाँहरु छिटै फर्किनुहुनेछः प्रधानमन्त्री ओली तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौंः प्रधानमन्त्री सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी आउन नभ्याउने परराष्ट्रमन्त्रीको पहलमा यसरी सम्भव भयो ओली मोदी भेट एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने प्रधानमन्त्री ओली स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छः राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन सकेमात्र व्यववस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने स्पष्ट पार्नुभयो ।

उहाँले राजनीतिको केन्द्र सदैव जनता हुनुपर्ने भन्दै त्यसका लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरुको घरदैलोमा पुर्याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले महेन्द्र नारायण निधिजस्ता नेताहरूको लोकतन्त्रप्रतिकोे निरन्तर संघर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताउनुभयो । राष्ट्रपति पौडेलले निधिजीका आदर्श राजनीति, सिद्धान्तप्रतिको निष्ठा तथा सादगी जीवन शैली प्रेरणादायी भएको बताउदै पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबीच सद्भाव तथा सामाजिक न्यायका पक्षमा निधिले गर्नुभएको काम हामी सबैका लागि सँंधै प्रेरणाको स्रोतका रुपमा रहिरहने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा आफूलाई सँधै समर्पित गर्ने नरेन्द्र प्रसाद मिश्र र शमा शाहीलाई पुरस्कृत गरिएको थियो ।