१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अडियो बाहिरिएपछि विष खाएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु

अडियो बाहिरिएपछि विष खाएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु
अ अ+ अ-

काठमाडौं । बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ ।  विषादी सेवन गरेका थापाको सोमबार कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

धादिङको धुनीबेसी नगरपालिका-९ घर भएका ३६ वर्षीय थापाले सोमबार कलंकीस्थित साथीको कोठामा विषादी सेवन गरेका थिए । साथीको कोठामा अचेत भेटिएका थापालाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताए ।

थापाको साथबाट एक पेजको पत्र बरामद भएको एसपी बोहोराले बताए । पत्रमा थापाले सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख गरेका छन् ।

आईतबार सुमेरु सहकारीका पूर्वसचिव विनोद आचार्यसँग सो सहकारीको समस्या मिलाउने विषयमा थापासँग कुराकानी भएको अडियो क्लिप सार्वजनिक भएको थियो । अडिओमा दुईजनाबीच सहकारीको समस्या मिलाईदिने र त्यसको चाजोपाजो मिलाउनको लागि करोडौं रकम आवश्यक पर्ने भएकोले पैसाको बार्गेनिङ समेत गरिएको थियो ।

सोहि अडियोको सन्दर्भमा प्रहरीले धादिङ घर भएका अर्का एक जनालाई पनि पक्राउ गरि सोधपुछ पश्चात छोडेको थियो । सो अडियो क्लिप परीक्षणको क्रममा रहेको र सो पश्चात् थप प्रक्रिया अघि बढाईने एसपी बोहराले बताए ।

मन्त्रालयले गत पुस २८ मा सुमेरु सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।

थापाको शव टिचिङ अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको छ ।