१७ असार २०८३, बुधबार
,
Latest
साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन चितवनका १०२ मा सङ्क्रमण, दुईको मृत्यु



अ+ अ-

भरतपुर । एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार चितवन मेडिकल कलेजमा गरिएको स्वाब परीक्षणमा भेटिएका ६५ जनामध्ये ६१ चितवनका हुन् । 

धुलिखेल पठाइएको नमूनाको परीक्षणमा १२ जना चितवनका सङ्क्रमित देखिएकका छन् । त्यसैगरी भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणको राति आएको नतिजामा ४३ जनामध्ये २९ चितवनका रहेको उहाँले जनाकारी दिनुभयो ।

जिल्लाबाट नमूना सङ्कलन गरिएका १२० जनामा सङ्क्रमण देखिएको छ । अठार जना भने जिल्ला बाहिरका रहेको उहाँले बताउनुभयो । जिल्लामा सङ्क्रमितको सङ्ख्या ६२७ पुगेको छ । तीमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाका ३६४ जना छन् । त्यस्तै रत्ननगरका ८२, राप्तीका ७६, माडीका ५०, खैरहनीका ४३, कालिकाका नौ र इच्छाकामना गाउँपालिकाका तीन जना रहेका छन् ।

शनिबारै यहाँको चितवन मेडिकल कलेजमा उपचार गराइरहेका दुई जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लामा ११ जनाको मृत्यु भएको छ । तीमध्ये चार चितवनका हुन् भने अन्य उपचारका लागि यहाँ आएका हुन् । जिल्लाको सरकारी अस्पताल भरतपुर, दुई मेडिकल कलेज, निजी अस्पताल, संस्थागत आइसोलेसन र घरमा सङ्क्रमित रहेका छन् । एकै दिन यतिधेरै सङ्क्रमण देखिएको यो पहिलो हो ।  दैनिक सङ्क्रमण बढ्दै गएपछि जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।