१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक बढुवा

नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक बढुवा
अ अ+ अ-

काठमाडौँ । सरकारले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको छ ।

फागुन ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एकजनालाई बढुवा गरेको हो । साथै सरकारले एक जना महासेनानी, दुई जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गरेको छ । सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (पशुपंक्षी विकास) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा, कञ्चनपुरलाई नियुक्त गरेको छ ।
यस्ता छन्ः सरकारका निर्णयहरुः

भारतको जयपुरमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने High–Level 12 Regional 3R and Circular Economy forum in the Asia and the Pacific कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेशप्रसाद सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

थाइल्याण्डको बैंककमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुनेAsia and the Pacific Regional Preparatory Meeting for the 2 United Nations Food Systems Summit Stocktaking Moment (UNFSS±4) कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

संयुक्त राज्य अमेरिकाको Harvard University in Cambridge, Massachusetts मा २०८२ वैशाख १४ गतेदेखि १७ गतेसम्म आयोजना हुनेHarvard Ministerial Leadership Program अन्तर्गतको २०२५Harvard Ministerial Leadership Forum कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने ।

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट Bridges Improvement and Maintenance Program तेस्रो चरणअन्तर्गत १५० मिलियन अमेरिकी डलर बराबरको प्रश्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैंकसँग वार्ता गर्न अख्तियारी दिने ।

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा श्री शरद ओझा, कञ्चनपुरलाई नियुक्त गर्ने ।

२०८१ फागुन १८ गतेदेखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाई स्वच्छता (WASH) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन माननीय खानेपानी मन्त्रीलाई स्वीकृति दिने ।

संवत २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने ।

झापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गा दर्तासम्बन्धी (पहिलो संशोधन) आदेश, २०८१ स्वीकृत गर्ने ।

२०८१ फागुन २७ र २८ मा संयुक्त राज्य अमेरिकाको Washington, DC मा आयोजना हुने Annual Transforming Transportation Conference विषयक कार्यक्रममा माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एकजनालाई बढुवा गर्ने । साथै एक जना महासेनानी, दुई जना सहायक रथी र एकजना उपरथीको पदावधि थप गर्ने ।

मिति २०८१ फागुन २१ गतेदेखि २३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने World Sustainable Development Summit (WSDS) कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने ।

पथरी शनिश्चरे नगरपालिका, मोरडलाई सोही नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोही नगरपालिको वडा नं. १० मा रहेको राष्ट्रिय बनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।

आदिवासी जनजाति आयोग र जनवादी गणतन्त्र चीनको National Ethnic Affairs Commission (NEAC) बीच हस्ताक्षर हुने Strengthening Friendly Cooperation विषयक समझदारीपत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न आदिवासी जनजाति आयोगलाई अख्तियारी दिने ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय (पशुपंक्षी विकास) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।