१७ असार २०८३, बुधबार
,
Latest
रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चाको शल्यक्रिया गर्ने रकम नहुँदा परिवार तनावमा



अ+ अ-

इलाम । इलाम नगरपालिकाका तीन वर्षीय बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ । सात महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बालकको उपचार खर्च अभाव भएको हो । क्यान्सरको शल्यक्रियापूर्व ‘किमोथेरामी’मा रकम बढी खर्चिनु परेपछि खर्च जुटाउन झनै समस्या परेको हो ।

शल्यक्रिया गर्न किमोथेरापी छ पटक गर्नुपर्ने अस्पतालले जनाएको छ  । “छ साइकल त किमो नै गर्नुपर्छ । खर्च जुटाउन गाह्रो छ”, बालकका बाबु गोपाल श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार एकपटकको किमोथेरापीमै करिब रु ४० हजार खर्च लाग्छ । त्यसपछि शल्यक्रिया गर्नसमेत रु १२ लाख हाराहारीमा रकम लाग्ने अस्पतालले जनाएको छ । “बिरामीको अवस्था किमो गराउँदा ‘नर्मल’ भयो भने मात्र रु ४० हजारले पुग्ने हो”, गोपालले भन्नुभयो, “अरू बिराम देखिँदा त एक किमोमै डेढ लाखसम्म खर्च लाग्छ ।”

अहिलेसम्म उपचारमा रु १० लाख खर्च लागिसकेकाले शल्यक्रियाका लागि रकम जुटाउन अत्यन्त गाह्रो भएको गोपालको भनाइ छ । आर्थिक स्थिति कमजोर भएका उहाँको हालसम्म सहयोगबाटै रकम जुटाएको भए पनि शल्यक्रियाका लागि पर्याप्त छैन । अहिलेसम्म रु तीन लाखभन्दा बढी रकम उठिसकेको छ तर त्यसले शल्यक्रियासम्म नपुग्ने भएकाले उपचार कसरी गर्ने दोधारमा परेको गोपालको भनाइ छ । अहिले गोपाल र श्रीमती नै बच्चाको उपचारका लागि काठमाडौँमै हुनुहुन्छ ।

परिवारका सबैको सहयोग मिल्दा पनि रकम नजुट्दा छरछिमेकी र आफन्तको सहयोग मागेको उहाँको भनाइ छ । बच्चा बचाउनका लागि सबै पक्षबाट सहयोग गरिदिनका लागि परिवारले सबैलाई आग्रहसमेत गरेको छ । बालकलाई सहयोगका लागि एनआइसी एशिया बैंकको खाता नं २७८५७५०८८६०९७००१ मा रकम पठाइदिनुहुन आग्रह गरिएको छ ।