काठमाडौं । कोरोना संक्रमणबाट आमाछोराको मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिकामा एकै दिन कोरोना संक्रबाट आमा छोराको मृत्यु भएको हो ।
बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा शनिबार भर्ना भएकी उपमहानगरपालिका-१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।
आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्यरोले च्यापेपछि शनिबार साँझमात्रै प्रतिष्ठानमा भर्ना भएका थिए । आमाको बिहान ८:३० र छोराको ७ :४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
मृतक दुवैजनामा आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।










