१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

जलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको भव्य तयारी

जलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको भव्य तयारी
अ अ+ अ-

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको स्थापना ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ लेखिएको जलेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रिको पूजाको लागि भव्य तयारी गरिएको छ । नेपालीहरुको आराध्यदेव महादेवले स्वयं गर्नुभएको यस महालिङ्गको पूजाअर्चना र दर्शनका लागि यस महाशिवरात्रिमा विशेष तयारी भइरहेको महाशिवरात्रि समितिका पूजा समारोह समितिका अध्यक्ष जितेन्द्र साहले बताउनुभयो ।

जमिनको सतहदेखि १६ सिँढी ९भ¥याङ० मुनि २४ घण्टा जलभित्र बिराजमान रहने बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शनको लागि पूजा समितिले विशेष व्यवस्था मिलाएको छ । मन्दिरको प्राङ्गणमा रहेको महादेव, पार्वती, गणेश, हनुमानसहित अन्य सम्पूर्ण देवीदेवताको मन्दिर र सबै देवीदेवतालाई यसपटक विभिन्न रङले रङ्गरोगन गरिएको छभने चारैतिर रङ्गीचङ्गी तोरन र सजावटका सरसामानहरु लगाइएको छ । साथै, मन्दिरभरि विभिन्न आकर्षक बिजुलीबत्ती जडान गरिएको छ । बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिङ्गार्ने काम तीव्र गतिमा भइरहेको छ ।

बाबाका मुख्य पुजारी उपेन्द्र पाठकका अनुसार जलेश्वरनाथ महादेव साक्षात महादेव हो । यहाँ चोखो मन, वचन र कर्मले आउने भक्तजनले बाबालाई मनको दृष्टिले प्रत्यक्ष दर्शन गर्न सक्छन् । महाशिवरात्रि मेलामा चौबिसै घण्टा जलेश्वरनाथ महादेव मन्दिरमै बिराजमान रहनुहुन्छ । बाबा जलेश्वरनाथको दर्शन एवं पूजा अर्चनाका लागि यस दिनमा राति १२ बजेपछि नै विशेष पूजा गरेर सर्वसाधारणका लागि पनि मन्दिर खुल्ला गरिन्छ ।

बर्सेनि टाठाबाठाबाट आउने भक्तजनलाई यस मन्दिरमा भगवान् शिवको शिवलिङ्ग दर्शन र पूजाआजाका लागि विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन र पूजाआजा मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गरेका कारण भक्तजनको दर्शन पूजालाई मध्यनजर गर्दै यसपटक विभिन्न व्यवस्थाहरु गरिएको छ । मन्दिर तथा मन्दिरको ५०० मिटर टाढासम्म शिवभक्तिका गीतसङ्गीतले जलेश्वर गुञ्जायमान बनाइएको छ ।

बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात् शिवको बास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहिआएको वर्तमान पुजारी कामेश्वर पाठक बताउनुहुन्छ । यस मन्दिरमा महाशिवरात्रि र साउन महिनाको प्रत्येक सोमबार ९साउनी मेलाभरि० र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्ने गर्दछ र विशेष पूजाआजा र प्रत्यक्ष दर्शन हुने गरेको स्थानीय बासिन्दा रञ्जीत चौधरी बताउनुहुन्छ ।

परापूर्वकालदेखि नै यस मन्दिरको पानी फ्याँकेर मात्रै शिवलिङ्गको दर्शन र पूजाअर्चना गराउने चलन रहेको छ । यसभित्रको पानी मोटर लगाएर पनि बाहिर फ्याँक्न सक्दैनन् । मानिसले बाल्टिनको प्रयोग गरी पानी फाल्न कोसिस गरे पनि एकै छिनमा पुनः भरिने गर्दछ । त्यसैले पटकपटक पानी फ्याँकेर भक्तजनको दर्शन गराउने गरिन्छ । यस पटक पनि महाशिवरात्रिमा भक्तजनलाई सहज तरिकाले दर्शन पूजा गराउनका लागि जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवाहरुलाई परिचालन गरिएको अध्यक्ष साहले बताउनुभयो ।

यस जलेश्वरनाथ महादेवको ख्याति महोत्तरी, धनुषा, सिरहा, सर्लाही, सिन्धुलीजस्ता छिमेकी जिल्लासहित भारतको पटना, दरभङ्गा, मुजफ्फरपुर, सीतामढी, मधुवनीलगायत सहरमा पनि रहेको छ । ती स्थानहरुबाट महाशिवरात्रिको दिन बाबा जलेश्वरनाथ महादेवको दर्शन तथा पूजाआजाका लागि ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । यस वर्ष यस महाशिवरात्रिका अवसरमा बाबा जलेश्वरनाथ महालिङ्गको दर्शन एवं पूजाअर्चना दुई लाख बढी भक्तजनले गर्ने अनुमान रहेको जलेश्वरनाथ महादेव महाशिवरात्रि महोत्सवका अध्यक्ष साहले बताउनुभयो ।

जिल्लाकै सोनमा गाउँपालिका–७ मा अवस्थित बाबा मङ्गलनाथ, बर्दिबास नगरपालिका–५ मा अवस्थित बाबा टुटेश्वरनाथ र भङ्गहा नगरपालिका–५ मा अवस्थित बाबा सिद्धेश्वरनाथ महादेव मन्दिरमा पनि महाशिवरात्रि पूजाका लागि भव्य तयारी गरिएको छ । जिल्लाकोे चार कुनामा रहेका चारवटै महादेव पूर्व दक्षिण कुनामा जलेश्वरनाथ, पश्चिम दक्षिण कुनामा मङ्गलनाथ, उत्तर पश्चिम कुनामा टुटेश्वरनाथ र उत्तरपूर्व कुनामा सिद्धेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रिमा भव्य रुपमा पूजा हुने गर्दछ ।रासस