१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

च्याम्पियन्स ट्रफीः अष्ट्रेलिया र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने हुँदै

च्याम्पियन्स ट्रफीः अष्ट्रेलिया र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने हुँदै
अ अ+ अ-

एजेन्सी । च्याम्पियन्स ट्रफीको सातौं खेलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । पाकिस्तानको रावलपिण्डीमा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको २:४५ बजेबाट सुरु हुनेछ ।

दुवै टोलीले आज आफ्नो दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हराएको थियो ।

१–१ खेल जितेको दुवै टोलीको २–२ अंक छ । तर, राम्रो रनरेटका कारण दक्षिण अफ्रिका समूह ‘बी’ को अंक तालिकाको शीर्ष स्थानमा छ । आजको खेल जित्ने टोलीले समूह ‘बी’ मा बलियो स्थान हासिल गर्नेछ ।

एकदिवसीयमा दक्षिण अफ्रिकाको अग्रता

एकदिवसीयमा भने दक्षिण अफ्रिका अगाडि छ । यी दुई टोलीले एकदिवसीयमा हालसम्म १ सय १० पटक आमनेसामने गरेका छन् । जसमा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ भने अष्ट्रेलियाले ५१ खेल जितेको छ । यस्तै, ३ खेल बराबरी हुँदा १ खेल नतिजा आउन सकेन ।

च्याम्पियन्स ट्रफीमा भने यी दुईले हालसम्म खेलेका छैनन् ।

पिच रिपोर्ट

रावलपिण्डी क्रिकेट स्टेडियमको पिच ब्याट्सम्यान र बलर दुवैका लागि सहयोगी रहेको छ । यहाँ अहिलेसम्म २७ ओडिआई खेलिएको छ । हाल सम्म खेलिएका खेलमध्ये पहिले ब्याटिङ गर्ने टोलीले १२ खेल जितेको छ भने बलिङ गर्ने टोलीले १५ खेल जितेको छ । यहाँ उच्चतम स्कोर ३३७/३ हो, जुन पाकिस्तानले२०२३ मा न्यूजील्याण्ड विरुद्ध बनाएको थियो।

दुबै टोलीको सम्भावित प्लेइङः११

अष्ट्रेलियाः स्टिभ स्मिथ (कप्तान), म्याथ्यु सर्ट, ट्राभिस हेड, मार्नस लाबुसचेन, एलेक्स केरी, जोश इङ्लिस (विकेटकिपर), ग्लेन म्याक्सवेल, बेन द्वारसा, नाथन एलिस, स्पेन्सर जोन्सन र एडम जाम्पा।

दक्षिण अफ्रिकाः टेम्बा बावुमा (कप्तान), रायन रिकेल्टन, हेनरिक क्लासेन (विकेटकीपर), रसी भान डेर डुसेन, एडेन मार्कराम, डेभिड मिलर, वेन मुल्डर, मार्को यान्सन, कागिसो रबाडा, केशव महाराज, लुंगी एनगिडी।