काठमाडौं । नेपाल लोकतान्त्रिक फोरम काठमाडौंका पूर्व सभापति यज्ञमान श्रेष्ठको निधन भएको छ । सभापति महर्जनको ललितपुर स्थित पाटन अस्पतालमा उपचारका क्रममा गत मंगलबार निधन भएको हो ।
गत साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएका श्रेष्ठ पूर्व उपप्रधान तथा गृहमन्त्री बिजय कुमार गच्छदारका बिस्वास पात्रका रुपमा चिनिन्छन् । श्रेष्ठ इमानदारिता राजनीतिक तथा सामाजिक जागरण पहिचानको लागि संघर्षरत उपत्यकामा बिभेदको बिरुदमा डटेर सामना गर्ने नेताका रुप परिचित थिए ।
नेपाल बिद्यार्थी संघका निवर्तमान महामन्त्री तथा सुनसरी कांग्रेस महासमिति सदस्य कपलेशवर यादबले महर्जनको निधन भएको प्रति गहिरो दुःख व्यक्त गर्दै देश तथा मधेसले नसोचेको योद्धा गुमाएको बताएका छन् । कोभिड १९ बाट निधन भएका महर्जनका छोरा नेवि संघका केद्रिय सदस्य लिखेतेन्द्र क्षेष्ठ, श्रीमती र नातिपनि संक्रमणबाट ग्रसित छन् । हाल उनिहरुको पाटन अस्पतालमा उपचार भइरहेको छ ।










