१७ असार २०८३, बुधबार
,
Latest
झापामा फरार प्रतिवादी पक्राउ रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ, आजै पहिलो केन्द्रीय समिति बैठक बस्ने सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

होम आइसोलेसनमै संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका  ६५ वर्षीय पुरुषको आइतबार  बिहाना मृत्यु भएको हो ।  

जिल्ला जनस्वास्थ्य कार्यलय भक्तपुरका जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारका अनुसार ति पुरुषमा उच्च रक्तचाप र महुमेहको समस्या देखिएपनि कोरोना संक्रमणको लक्षण भने देखिएको थिएन । उनी आफै खाना खान नसक्ने समस्या भएकाले परिवारकै आग्रहमा होम आइसोलेसनमा राखिएको मिजारले बताए ।

भदौ १२ गते (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएका ति पुरुष होम आइसोलेसनमा  बस्दै आएका थिए । मृत्यु भएपछि मात्र परिवारका सदस्यले नगरपालिकाको स्वास्थ्य शाखामा खबर गरेको जनस्वास्थ्य अधिकृत मिजारले बताए ।