१७ असार २०८३, बुधबार
,
Latest
शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन मेडिकल कलेजमा उपचाररत एक जना संक्रमितको मृत्यु



अ+ अ-

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५२ बर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो ।

भदौ ४ गते अस्पतालमा भर्ना भएका उनलाई ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनियाका बिरामी थिए । संक्रमण बढ्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको आइतबार मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

चितवनमा मृत्यु  हुने कोरोना संक्रमितको संख्या योसहित १० पुगेको छ । जसमा चितवनका ५ जना, मकवानपुरका ३, गोरखा र कैलालीका एकर एक जना छन् ।