१७ असार २०८३, बुधबार
,
Latest
शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाभाइरसबाट विश्वभरी दुई करोड ५० लाखभन्दा बढी सङ्क्रमित



अ+ अ-

काठमाडौं । कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ५० लाखभन्दा बढी भएको छ । 

जोन हकिङ्गस विश्वविद्यालयले आइतबार दिएको जानकारी अनुसार विश्वभरी कुल सङ्क्रमितको संख्या दुई करोड ५० लाख नौ हजार २५० पुगेको हो । 

कुल सङ्क्रमितमध्ये आठ लाख ४२ हजार ७०२ जनाको कोरोनाका कारण मृत्यु भएको पनि विश्वविद्यालयले जनाएको छ । 

मृत्यु भएकामध्ये सबैभन्दा धेरै अमेरिकी रहेको पनि विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी सङ्क्रमित हुनेहरुमा पनि अमेरिकीहरु नै सबैभन्दा धेरै रहेका छन् ।

पछिल्लो विवरण अनुसार अमेरिकामा ६१ लाख ३९ हजार ४६६ जना सङ्क्रमित भएका छन् भने एक लाख ८६ हजार ८५७ जनाको मृत्यु भएको छ । 

त्यसैगरी दोस्रो धेरै प्रभावित भएको ब्राजिलमा ३८ लाख ४६ हजार ९६५ जना सङ्क्रमित हुदाँ एक लाख २० हजार ४९८ जनाको मृत्यु भएको छ ।

त्यस बाहेक धेरै सङ्क्रमित भएका देशहरुमा क्रमशः भारत, रुस, पेरु, दक्षिण अफ्रिका, कोलम्बिया, मेक्सीको, स्पेन र चिली रहेका छन् । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि मेक्सिको धेरै रहेको छ ।