८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटारी गोल्ड कप : काठमाडौँद्वारा भुटान पराजित



अ+ अ-

उदयपुर। ‘पाँचौँ कटारी मेयर गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन ब्वाईज फुटबल क्लब, काठमाडौँले सामत्सी फुटबल क्लब, भुटानलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

आज भएको खेलमा भुटानका लागि अयुग डुकाले एक गोल गरे । काठमाडौँका लागि उमेश युङ्गमाले एक गोल र सुरज राउतले दुई गोल गरेका थिए । काठमाडौँका राउत ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद रु. तीन हजार पुरस्कार प्राप्त गरे ।

मंगलबारको खेल बागमती फुटबल क्लब सर्लाही र सहलेश युवा क्लव सिरहाबीच हुनेछ । कटारी नगरपालिकाको आर्थिक सहयोगमा कटारी नगर खेलकुद विकास समितिद्वारा आयोजित शनिवारदेखि जारी प्रतियोगिताको उपाधि विजेताले उपाधिसहित नगद रु तीन लाख हात पार्ने छ भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्ने छ ।

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुने आयोजकले जनाएको छ । रासस