काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट मृत्यु हुनेमा चार जना महिला र १० जना पुरूष छन्।
मृत्यु हुनेमा सुनसरी, बारा, महोत्तरी र काठमाडौं,सुनसरी, मोरङ, नवलपरासी, रौटहट, ललितपुर, भक्तपुरका एक/एक जना छन् भने महोत्तरी र रूपन्देहका दुई/दुई जना पुरूष छन्। योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २१ पुगेको छ।










