२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान सेनापतिद्वारा सेना दिवस-२०८१ को अन्तिम पूर्वाभ्यास निरीक्षण सम्पन्न



अ+ अ-

काठमाडौं- नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा महाशिवरात्रि तथा सेना दिवस-२०८१ को अन्तिम पूर्वाभ्यास सम्पन्न भएको छ।

आज सैनिक मञ्च टुँडिखेलमा आयोजित उक्त कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले पूर्वाभ्यास निरीक्षण गर्नु भयो।

कार्यक्रमका क्रममा प्रधान सेनापतिले श्री चरक वाहिनीलाई युनिट झण्डा प्रदान गर्नुका साथै केन्द्रीय तहको युद्धकार्य तयारीपन निरीक्षण-२०८१ मा सर्वोत्कृष्ट ठहरिएको श्री मध्य पूर्वी पृतनालाई पुरस्कृत गर्नुभयो।

साथै, प्रकृति संरक्षण ट्रफि प्रतियोगिता अन्तर्गत प्रथम स्थान हासिल गरेका चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री नयाँ गोरख गण र ढोरपाटन सिकार आरक्ष सुरक्षार्थ तैनाथ श्री देवीबक्स गुल्मलाई ट्रफी तथा नगद पुरस्कार वितरण गरियो।

त्यस अवसरमा प्रधान सेनापतिले सेना दिवस-२०८१ को उपलक्ष्यमा प्रधान सेनापति प्रशंसा निशान प्राप्त गर्ने रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जालाई प्रशंसा निशान प्रदान गर्नुका साथै मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका पदिकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो।

यसबाहेक, नेपाली सेनामा योगदान दिएर अवकाश प्राप्त भूतपूर्व सैनिक तथा तिनका परिवारजनलाई समेत सम्मान गर्दै पुरस्कार वितरण गरिएको थियो।

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ। यस वर्ष फाल्गुन १४ गते सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमसहित सेना दिवस मनाइनेछ। कार्यक्रममा नेपाली सेनासँगै अमेरिका, बेलायत र भारतीय सेनाका व्याण्ड टोलीहरूले संयुक्त साङ्गीतिक प्रस्तुति दिनेछन्।

 

 

4o