५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ किलो ७७४ ग्राम लागुऔषधसहित तिन जना पक्राउ



अ+ अ-

काठमाडौँ। भारत तर्फ लैजान लागिएको साढे १४ किलोभन्दा बढी चरेशसहित कपिलवस्तुको कृष्णनगर नगरपालिका नजिकैबाट तीन जना पक्राउ परेका छन्।

सुराकीका आधारमा प्रहरीले भारत जाँदै गरेका दुई महिला र एक पुरुषलाई जाँच गर्दा १४ किलो ७ सय ७४ ग्राम चरेश सहित रोल्पाको थवाङ गाउँपालिका–५ की प्रेमसरी रोका, रुकुम पूर्वको भुमे गाउँपालिका–२ की सरिता पुन मगर तथा कपिलवस्तुको शिवराज नगरपालिका–९, बनियाभारका सुकलाल घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको हो।

तीनै जना कम्मरमा सेतो कपडाले चरेश बाँधेर भारततर्फ जान लागेको अवस्थामा पक्राउ परेका हुन्। प्रहरीले प्रेमसरी रोकाबाट ६ किलो, सरिता पुन मगरबाट साढे ५ किलो र सुकलाल घर्तिबाट ३ किलो २ सय ग्राम चरेश बरामद गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेकाहरूलाई अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।