१९ असार २०८३, शुक्रबार
,
Latest
जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभूवन विश्वविद्यालय ऐन बनाउँदा विचार नपुर्याउँदा सहायक कानूनहरु धेरै बनाइएः संविधान सभा सदस्य विडारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले त्रिभूवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल शुरु गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको समिति बैठकले त्रिभूवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि विज्ञहरुसँग छलफल गरेको हो ।

छलफलमा बोल्दै संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले ऐन बनाउने क्रममा भएका कमजोरीहरुलाई सुधार गर्नेगरी अध्ययन प्रतिवेदन आएको बताउनु भयो । उहाँले ऐन बनाउने समयमा विचार र ढंग नपु¥याउँदा प्रभावकारी बन्न नसकेको बताउनु भयो । उहाँले त्रिभूवन विश्वविद्यालय ऐनमा ३५ वटा विनियम, १६ वटा कार्यविधि, १७ वटा निर्देशिका र १९ वटा कार्यप्रणाली बनाइएको उल्लेख गर्नुभयो । कानून बनाउने पूर्ण अधिकार संसदको भएपनि सहायक कानूनहरु अन्य कुनै निकायले बनाउने देखिएको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘त्रिभूवन विश्विद्यालय ऐन २०४९ मा बन्यो । यो ऐन बनाउने बेलामा अहिलेका मानीयहरु सांसद हुनुहुन्थ्या । तर कोही न कोहीले त बनाएकै हो । जसरि सरकारको नियमितता हुन्छ संसदको पनि हुन्छ । त्यसकारण अहिले हामी त्रिभूवन विश्वविद्यालय ऐन चाहीँ नियमित रुपमा पालना गरिराखेका छौँ । यो ऐन बनाउँदाखेरि विचार नपु¥याइएको, ढंग नपु¥याइएको र सांसदहरु सक्रिय नभएको कारणले गर्दा अहिले आएको प्रतिवेदनमा लाज लाग्ने कुराहरु छन् । त्यस ऐनअन्तर्गत ३५ वटा त विनियम बनाइएका छन् । १६ वटा कार्यविधि, १७ वटा निर्देशिका, १९ वटा कार्यप्रणाली बनाइएका रहेछन् । सांसदहरुले यस्तो काम गरे भनेर जनतामा गयो गने सांसदहरुलाई गाली गर्छन् कि गदैनन् । कानून बनाउने अधिकार संसदले लिएर बस्ने तर एउटा भएको कानूनको सहायक कानूनहरु चाहीँ यति धेरै हुने । कानून त अर्कै निकायले बनाउने रहेछ भन्ने कुरा यस प्रतिवेदनले देखाएको छ ।’

बैठकमा बोल्दै समिति सभापति मायाप्रसाद शर्माले ऐनसँग सम्बन्धित प्रत्यायोजित विधायनहरुको तर्जुमा गर्दा प्रत्यायोजित विधायनका मान्यताहरुको उल्लङ्घन गरिएको बताउनु भयो । उहाँले संशोधित प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको सम्बन्धमा संसद जानकारी नगराएको समेत बताउनु भयो । उहाँले प्रत्योजित विधायन नियन्त्रणका लागि उक्त प्रतिवेदनले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

समितिले त्रिभुूवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्था सम्बन्धी छलफल गरि प्रतिवेदन संसदमा पठाउने जनाएको छ ।