१७ असार २०८३, बुधबार
,
Latest
शपथ लिन घण्टी घर पुगे रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै जर्मन दूतावासको स्पष्टोक्ति : राहदानी खरिद प्रकरणमा नेपाललाई कुनै विरोधपत्र वा चेतावनी दिएका छैनौं ट्रम्पको क्रिप्टो कमाइ सार्वजनिक फिफा विश्वकप फुटबल २०२६ : मेक्सिको अन्तिम १६ मा प्रवेश सुनचाँदीको मूल्यमा सामान्य गिरावट देशभरका साना नदीमा आकस्मिक बाढीको जोखिम, तीन दिन सतर्क रहन आग्रह जङ्गली जनावरका लागि श्रीमानले राखेको विद्युतीय पासोमा श्रीमती परेपछि … आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशका नेपालीप्रति सरकार अनुदार, चार्टर उडानभन्दा नियमित झन् महंगो



फाईल फोटो
अ+ अ-

काठमाडौ । नियमित हवाई भाडादर चार्टर उडानभन्दा झन्डै दोब्बर निर्धारण भएको छ। यो भडादर बुधबारदेखि लागू हुनेछ। नियमित उडानको नयाँ भाडा लकडाउन (चैत) अघिको तुलनामा भने झन्डै सात गुणासम्म महँगिएको छ। नियमिततर्फको यो नयाँ भाडादर आइकाओले निर्धारण गर्ने वाई क्लासको रहेको र माग तथा आपूर्तिका आधारमा तय हुने भएकाले विदेशमा अलपत्र नेपालीले स्वदेश फर्कन चर्को मूल्य चुकाउनुपर्नेछ। कोरोनाका कारण विदेशमा अलपत्र नेपालीले अब चार्टर उडानभन्दा पनि नियमित उडानका लागि महँगो भाडा तिनुपर्नेछ।  

हवाई यात्राका लागि टिकेटिङ गर्ने प्रणाली जिडिएस (ग्लोबल डिस्ट्रिब्युसन सिस्टम) मा चार्टरभन्दा पनि नियमित उडान भाडा महँगो भएको देखिन्छ। सरकारले यसअघिका उद्धार उडान व्यवस्थापन नगर्दा ट्राभल एजेन्सीहरूले मनलाग्दी भाडा असुलेको भन्दै विरोध भएको थियो। विरोध बढ्दै गएपछि केही गन्तव्यमा उद्धार उडानतर्फको टिकटको मूल्य पाँच हजारदेखि नौ हजार रूपैयाँसम्म घटाइएको थियो। तर अब नियमित उडानमार्फत अलपत्र नेपाली ल्याउन विमान कम्पनीहरूले महँगोमा टिकट बेच्न थालेका छन्।

चैतअघिभन्दा अहिले तय गरिएको भाडा पौने सात गुणासम्म महँगो भएपछि विदेशमा रोजगारी गुमाएका, आममाफी पाएका नेपालीलाई स्वदेश फर्कन झनै समस्या पर्ने देखिएको छ। बुधबारदेखि दिनमा दुईवटा नियमितसहित एक उद्धार उडानबाट पाँच सयजना नबढ्ने गरी नेपाली ल्याउने उडान तालिका सार्वजनिक भएको छ। सरकारले अहिले आएर नियमित उडान खोल्नुभन्दा नेपालमा रहेका विदेशी लैजान आएका चार्टर विमानबाट नेपालीलाई ल्याउन दिएको भए राम्रो हुने विज्ञहरूको धारणा छ। उद्धार उडान व्यवस्थित गर्दै उडान संख्या थपेको भए राम्रो हुने विज्ञको भनाइ छ।  

हाल तय भएको टिकट शुल्कमा पुनर्विचार गर्न विमान कम्पनी तथा ट्राभल एजेन्सीहरूसँग छलफल जारी रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बताए। ‘चार्टर उडानतर्फको टिकटको शुल्क सरकारले तोके पनि नियमिततर्फको भाडा कायम गराउन विमान कम्पनीहरूको मुख्य भूमिका हुने भएकाले एकाधिकारका रूपमा भाडा तय गरेको देखिन्छ,’ मन्त्री भट्टराईले नागरिकसँग भने, ‘सीमित उडान भएको र टिकटको वर्गीकरणअनुसार भाडा तय भएको देखिएकाले के कारणले महँगो भयो भन्नेबारे सरकारले ध्यानाकर्षण गराएको छ।’  

चार्टर उडानप्रति आएको जनगुनासोका कारण सरकार सीमित भए पनि नियमित उडान खोल्न बाध्य भएको उनले बताए। ‘हाल अन्य देशमा समेत ७० प्रतिशतसम्म उडान ग्राउन्डेड अवस्थामा छन्। तर, महामारीको समयमा व्यापारभन्दा सेवालाई समेत ध्यानमा राखी भाडा समायोजन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको समेत ध्यानाकर्षण गराइसकेका छौं। मन्त्रालयस्तरमा समेत भाडादरबारे छलफल सुरु भइसकेको छ,’ मन्त्री भट्टराईले भने। (नागरिक दैनिकमा समाचार छ ।)