२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा हिम पहिरोको चेतावनी जारी



अ+ अ-

एजेन्सी । जापानको मौसम सम्बन्धी निकायले दुई सातादेखि हुस्सु लाग्ने, हिउँ पर्ने चिसो मौसमी परिवर्तनबीच आगामी दिनमा थप भारी हिमपातको सामना गर्नुपर्ने चेतावनी दिएको छ ।

मौसममा आउने परिवर्तनका कारण सडकहरूमा हिउँ जम्ने र सम्भावित हिमपहिरो आउनसक्ने अवस्थाप्रति सतर्क रहन यात्रामा निस्कने नागरिकहरूलाई आग्रह गरेको छ ।

धेरै स्की रिसोर्टहरू रहेको जापानी समुद्री क्षेत्रका वरपर राज्यहरूले हरेक वर्ष भारी हिमपातको अनुभव गर्छन् ।

जापानीे रिसोर्टहरूले विदेशबाट आउने पर्यटकहरूको बढ्दो सङ्ख्यालाई आकर्षित गर्दछ।

जापानका धेरै शहरमा यो महिना उच्च हिमपात हुँदा ठाउँठाउँमा यातायात अवरुद्ध हुनुका साथै दर्जनौँ मानिसहरूको मृत्यु भएको छ ।

जापानको मौसम विज्ञानसम्बन्धी निकाय ९जेएमए० ले सोमबार निगाता, इशिकावा र नागानो प्रान्तका साथै हिरोशिमा र शिमाने प्रान्तलगायत केही पश्चिमी क्षेत्रमा थप हिमपातको सम्भावना रहेको जनाएको छ ।

एजेन्सीले ती क्षेत्रमा हिमस्खलन, हिउँले ढाकिएका सडक र पानीका पाइपहरू जमेकाले सतर्क रहन पनि चेतावनी दिएको छ।

स्थानीय समयअनुसार सोमबार बिहान १०ः०० बजेसम्म उत्तरी आओमोरी शहरमा पाँच मिटर (१६ फिट), निगाटाको उओनुमामा ३.८१ मिटर र फुकुशिमा प्रान्तको तादामीमा ३.१३ मिटर हिउँ जमेको जेएमएले जनाएको छ ।