६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगन्जमा ४ सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना



अ+ अ-

वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार ४ सय ३६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार ८ महिलासहित ६ वर्षदेखि ७० वर्ष उमेर समूहका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणीको आकस्मिक कक्षमा रहेका चार जना बिरामीको जिन एक्सपर्ट टेस्ट विधिबाट परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको डा. चौरसियाले बताए ।

संक्रमितमध्येमा पर्साका ३२ जना, वाराका ४ जना र एक जना सर्लाहीका बासिन्दा हुन् । वीरगन्ज महानगरपालिका– ११ श्रीपुरमा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । वीरगन्जको छपकैयामा ३ जना, वडा २० मा दुई जना र वडा १५, ६, १३, ५ मा एकरएक जना संक्रमित थपिएका छन् । पर्साको कालिकामाई गाउँपालिका– १ र ४ मा ४र४ जना र वडा ३ मा एक जना कोरोना संक्रमित थपिएका छन् ।

जिराभवानी गाउँपालिका– २ मा थप दुई जनामा कोरोना देखिएको छ । बाराको कोल्भीमा तीन जना र महागढीमाई नगरपालिका– ११ मा एक–एक जनामा कोरोना संक्रमण पुष्टि भएको डा।चौरसियाले जनाए । उनका अनुसार सर्लाहीका एक जना संक्रमित रामनगर गाउँपालिकाका हुन् । कान्तिपुर दैनिक