२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरे दोहन र वन विनाशविरुद्ध संघर्ष गर्छौँः अध्यक्ष महतो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेस सरकारको वेथितिविरुद्ध संघर्ष गर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित पार्टीको प्रथम केन्द्रिय कार्यसमितिको बिस्तारित बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले काठमाडौं उपत्यकामा भइरहेको गैरन्यायिक सडक बिस्तारको विरुद्धमा पनि संघर्ष जारी राख्ने बताउनु भयो । चुरे दोहन, वन विनास तथा मधेस सरकारको वेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद बैठकमा छलफल हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘संघर्षहरुको सम्बन्धहरुमा हामी यहाँ छलफल गर्छौँ । आगामी दिनमा गरिने संघर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ । त्यस्तै, कोशी प्रदेश नाम खारेजीको संघर्ष । मधेस सरकारको बेथितिविरुद्धको संघर्ष, चुरे दोहन गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको संघर्ष, बागमती प्रदेश नाम खारेजीको संघर्ष । त्यस्तै उपत्यकाको गैरन्यायिक सडक बिस्तार खोला नदी मापदण्डविरुद्धको संघर्ष आदि संघर्षमा हाम्रो सहभागिता भइरहेको छ ।’

बिस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रिय परिषद सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । विविध विषयमा छलफल तथा निर्णय गर्न सोमवार बसेको परिषद् बैठक मंगलवारसम्म जारी रहने पार्टीले जनाएको छ ।